गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको सदस्य पदका लागि पुस्तक तथा स्टेशनरी व्यवसायी देव कृष्ण काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले व्यवसायीका विभिन्न समस्याको समाधनका लागि आफूले आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । पोखरा उद्योग वाणिज्य संघको अघिल्लो अधिवेशनमा झिनो मतअन्तरले हारेका उनले अबको अधिवेशनमा विगतको कमि कमजोरी सुधार गर्दै सम्पूर्ण व्यवसायिक साथीहरुलाई संगै साथमा लिएर अगाडि बढ्ने बताए । उनले समग्र पोखराको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने समेत बताए । काफ्लेले आफू निर्वाचित भएमा व्यवसायीले भोग्दै आएका समस्याहरु घर भाडा समस्या, कर सम्वन्धी समस्या, झोले पोके व्यपारीबाट छुटकारा दिलाउन पहल गर्ने लगायत विभिन्न आईपर्ने समस्याहरुको समाधनको लागी पहल गर्ने बताए । उनले आफू कुनैपनि प्यानलमा नलागी स्वतन्त्र रुपमा चुनावमा सहभागी हुने बताए । पत्रकार सम्मेलनमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष शिवराज बाँस्तोलाले काफ्लेको उम्मेदवारी समग्र उद्योगी व्यवसायीको अधिकारको लागि भएको र काफ्लेको जित सुनिश्चितका लागि पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले कुनै कसर बाँकी नराख्ने बताए । उनले पोखरा उद्योग वाणिज्य महासंघमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ संग आवद्ध ८० व्यवसायी सदस्य रहेको बताए ।
काफ्ले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा कास्की शांखाका पूर्व अध्यक्ष समेत हुन् । उनी विद्यार्थी पुस्तक पसल, जि एण्ड डि बुक्स सग्लायर्स, लेकसीटी एफ.एम, डाफे मसलन्द उद्योग, कामना विकास बंैक लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा आवद्ध रहेका छन् भने विभिन्न सामाजिक संस्थाहरुमा पनि क्रियासील रहेका छन् । कार्यक्रमको सन्चालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका सचिव बैकुण्ठ पौडेलले गरेका थिए ।

Post a Comment