0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ–१३ मा वडा नागरिक मञ्च पुनर्गठन गरिएको छ । वडा नं.१३, १४ र १५ का वडा सेवा केन्द्रका सचिव जीवननाथ पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले वडा नं. १३ मा वडा नागरिक मञ्चको पूनर्गठन गरेको छ ।  सामाजिक कार्यविधि २०७१ अनुसार एक वर्ष पुरुष र एक वर्ष महिला अनिवार्य मञ्चको संयोजक रहने प्रावधान अनुसार सुन मायाँ नेपालीको  संयोजकत्वमा २९ जना सदस्य रहेको वडा नागरिक मञ्चको पुनगर्ठन गरिएको छ । सो पुनगर्ठित मञ्चको सह संयोजकमा सरस्वती तिवारी, सदस्यहरुमा घनश्याम खनाल, रुप बहादुर दर्जी, सुनिता केसी, आदर्श वाग्ले, दिनेश गुरुङ, पदम राज तिवारी, निरु पुन, खडानन्द भण्डारी, धनश्याम खनाल, कृष्ण प्रसाद अधिकारी, मोहन प्रधान, अप्सरा बोहोरा, मेघराज पौडेल, लक्ष्मी तिवारी, भुवानी प्रसाद पौडेल, याम बहादुर गुरुङ, लक्ष्मी प्रधान, भुपेन्द्र राना मास्की, मनिला गायक, प्रेम कुमारी गुरुङ, तिल बहादुर सुनार, टेक प्रसाद पौडेल, हिमकला लामिछाने, केश कुमारी थापा, माया खत्री, जमुना नेपाली र जगत बहादुर परियार रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि जीवन नाथ पराजुलीले पुनर्गठित नागरिक मञ्चका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिंदै सामाजिक कार्यविधि र नागगरिक मञ्चको उद्धेश्य तथा यसको महत्वमाथि पकाश पारेका थिए । निवर्तमान वडा नागरिक मञ्चका संयोजक प्रकाश चन्द्र पागल, नेपाली कांग्रेसका प्रतिनिधि टेकनाथ पन्थी, एमालेका प्रतिनिधि खडानन्द भण्डारी, माओवादी केन्द्रका प्रतिनिधि अर्जुन मल्ल राप्रपाका प्रतिनिधि यम बहादुर विक, समाजसेवी अकल बहादुर कार्की, खेम बहादुर पुन, सुनमायाँ नेपाली, विष्णु प्रसाद तिवारी, मोहन प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामाजिक परिचालक संयोजक जानुका पराजुलीद्वारा कार्यक्रमको सहजीकरण गरिएको कार्यक्रम मञ्चका निवर्तमान सह संयोजक राजु खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक परिचालक सुनिता केसीले गरेकी थिइन् ।


Post a Comment

 
Top