0
गोल्डेन न्यूज संवाददाता
मोडलिङ क्षेत्रमा लाग्न चाहानेहरुका लागि लक्षित गरे पोखरामा ‘मोडल्स बेटल्स’ हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकलाई लक्षित गरि भदौ ९ गते पोखरामा अडिसन हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेपाल मोडलको प्रस्तुतीमा हुन लागेको प्रतियोगितामा काठमाडौ, पोखरा, नारायणगढ, बुटवल लगायतका ठाउँबाट प्रतिस्पर्धीहरु आउनका लागि फारम भरी सकेको नेपाल मोडलका अध्यक्ष जिपि तिमिल्सिनाले जानकारी दिए । उनले अडिसनबाट ४०÷४० जना युवायुवतीलाई छनौट गरिने बताए । उनले काठमाडौं बाहिर ठुलो मोडलिङको प्रतिस्पर्धा हुन लागेको पहिलो पटक भएको दावी गरे । उनले साढे एक महिना सम्म पोखरामा सञ्चालन हुने तालिममा राष्ट्रियस्तरका व्यक्तित्वहरुले तालिम दिने बताए ।
 
अडिसनका लागि करिश्मा मानन्धर, जिपि तिमिल्सिना, डाक्टर आयुसमान घिमिरे, सन्दिप क्षेत्री, उषा खड्की, नेत्र गुरुङ, ऋषि धमला, राजीन शाक्य लगायतले प्रतिभावान युवायुवतीलाई छनौट गर्ने तिमिल्सिनाले बताए । उनले बौद्धिक क्षेमता, कलाकारीता, फरक क्षेमता, खुवि लगायतलाई प्रथामिकता दिने बताए।  कार्यक्रमको विजेतलाई उपाधि सहित उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको कार्यक्रमका निदेशक जनार्दन लामिछानेले बताए । उनले प्रतियोगितामा भाग लिन १८ देखि २८ वर्ष सम्म र पुरुषका लागि ५ फिट ४ इन्च र महिलाका लागि ५ फिट उचाई आवश्यक पर्ने बताए । उनले यसको अन्तिम प्रतिस्पर्धा देशै र तिहारको बीचममा हुने बताए ।



Post a Comment

 
Top