0
पोखरामा मञ्चन हुने नाटक ‘मौसम हराएको देश’ को मञ्चनको सम्पूर्ण तयारी पुरा भएको छ । पञ्चामृत नाट्य समूह पोखराको संयोजनमा भदौ ९, १० र ११ गते  पोखरा उद्योग वाणिज्य संघको हलमा हुने मञ्चन कार्यक्रम भव्य हुने आयोजकले दावी गरेका छन् । दिउँसो ३ बजेबाट शुरु हुने नाटक हेरेर प्रतिक्रिया दिन उनीहरुले नाट्यप्रेमी सँग आग्रह गरेका छन् । कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, शितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय रहने छ ।
नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ । नाटकको सूत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सह–निर्देशन विष्णुप्रसाद गौतम, प्रकाश राकेश जंग पन्थी, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् ।  नाटककार उदासीको  यो १ सय ४ औं नाटक हो । यस अगाडि उदासीले १ सय ३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । एक महिनाको रिर्हसल प्रश्चात देखाइन लागेको नाटकको सुरुवात भुकम्पको परिवेशबाट हुन्छ । भूकम्प पछाडिको पुनःस्थापित बस्तिबाट नाटक अगाडि बढ्छ । प्रकृति प्रेम र जीवन संर्घष नाटकमा देखाइने नाटककार उदासीले जनाए । ‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतिबाट हुने घात समेतलाई देखाउन खोजका छौँ’ उनले भने । विभिन्न कारुणिक दृश्यको अलावा हाँस्य सामाग्रीमार्फत समेत दर्शकले मनोरञ्जन लिन पाउने छन् । झण्डै डेढ घण्टा लामो यो नाटकबाट दर्शकले नाटकको वास्तवीक मज्जा लिने दावी उदासीको छ । ‘यसको विशेषता भनेको यो नाटक सजिलै बुझ्न सकिने, संवाद थोरै र अभिनय धेरै हुनु नै हो’ उनले भने । नाटकमा प्रयोग हुने इफेक्टले नाटकको विषयवस्तुलाई प्रष्ट पार्ने भएकोले इफेक्टको अत्याधिक प्रयोग  यो नाटकमा गरिने छ । जसका लागि संगीतकार नै नियुक्त्त गरेर काम गरिएको छ । यो नाटकको मञ्चन पश्चात पोखरामा नाटक व्यवसायिक बन्ने बाटो खुल्ने विश्वास निर्माण पक्षले लिएकोले उनीहरु उत्साहित छन् ।




Post a Comment

 
Top