0
गोल्डेन न्यूज संवाददाता
नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । अधिवेशनलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था नेविसंघको यो महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने छ । नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकको एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसंघको यस महाधिवेशनमा विद्यार्थी नेतारकार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन् । महाधिवेशनमा मुलुकभरका करिब तीनहजार ४०० प्रतिनिधि सहभागी भएको संघले प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उद्घाट्न समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव , भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा संघका पूर्व अध्यक्षहरु, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरु शुभकामना दिन सहभागी थिए । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा सीमित रहनेछ । साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । बन्दसत्रमा संघका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा साङ्गठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्ने छन् । साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । संघमा अब एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता लामिछानेले जानकारी दिए । अब संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक–एकजना गरी सात, समावेशी चार र दुई मनोनित गरी १३ जना उपाध्यक्ष रहनेछन् । त्यस्तै दुई निर्वाचित महामन्त्री र एक मनोनित गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एकरएक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको पनि उनले बताए । त्यस्तै एक निर्वा्चित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । संघको दुई वर्ष्भित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ । संघको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा रहेको बताइएको छ । त्यस्तै महामन्त्री पदमा नेविसंघ नेताहरू मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । दुवै काँग्रेस एकीकरणपछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिन्छ । यसैबीच नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य भूविक्रम नेम्वाङको उपचारका क्रममा निधन भएको छ। ८० वर्षिय नेम्वाङ झापाको विर्ता अस्पतालमा केही समयदेखि उपचाररत थिए। एकवर्ष अघि मृगौलाले काम गर्न छोडेको थियो। काठमाडौँको अस्पतालबाट उनलाई  झापामै लगेर उपचार गरिदैँ थियो। इलाम घर भएका उनलाई कांग्रेस भित्र निकै श्रद्धा र सम्मान पाएका व्यक्ति थिए।



Post a Comment

 
Top