0
गोल्डेन न्यूज संवाददाता
मुकुन्दशरण वाङ्मय परिषद् नेपाल ले आयोजनामा जिल्लाव्यापी अन्तरमाध्यामिक विद्यालय स्तरीय छन्दोवद्ध कविता वाचन प्रतियोगिता हेमजामा सम्पन्न भएको छ । प्रतियोगितामा ज्ञानसरोवर बोडिङ स्कुलकी छात्रा दीक्षा सुवेदी प्रथम, हेमजा बोडिङ स्कुलकी सुदिक्षा त्रिपाठी द्वितीय, ज्ञानसरोवर बोडिङ स्कुल हेमजाका सौरव के.सी तृतीय र हेमजा बोडिङ स्कुलका छात्र सरोज कुइँकेलले सात्वना स्थान हासिल गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि छन्द बचाउँ अभियानको अभियान्ता माधव वियोगी र परिषदका अध्यक्ष जनार्दनशरण त्रिपाठीले अविर लगाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यसैगरी अन्य सहभागी विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाकाव्यकार माधव वियोगीले साहित्यको महासागरमा हाम फाल्नेहरुले घर परिवार, सुख दुःख नभन्ने भन्दै मुकुन्दशरण गुरुका भाषिक सूत्र अपनाउदैमा मात्र गुरुको भाषिक आन्दोलन सफल नहुने बताए । उनले नेपाली माटोमा विद्दानहरुले मुकुन्द गुरुको भाषिक आन्दोवलन बुझन नसकेको चिन्न नसकेको स्पष्ट पारे । कार्यक्रममा महाकाव्यकारहरु कृष्णशरण उपाध्याय, नारायण प्रसाद अधिकारी, डा. जगन्नाथ  रेग्मीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । मुकुन्दशरण वाङमय परिषद नेपालका अध्यक्ष महाकाव्यकार जर्नादनशरण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस वडा इकाई सभापति २९ का मधुसुधन त्रिपाठी, डा.यम बहादुर क्षेत्री पौडेल  हेमजा बोर्डिङ स्कुृलका प्रिन्सिपल केशवशरण पौडेल, गैसस महांसघ कास्कीका सह– सचिव कृष्ण बहादुृर कुँवर, साहित्यकार विष्णु प्रसाद पराजुली, एकादत्त लम्साल, माधवशरण पौडेल, भरतराज अधिकारी, आवाज शर्मा, बन्दना त्रिपाठी, कृतिका त्रिपाठी, छन्दिका घिमिरे, आर्या त्रिपाठी लगायतले आ–आफनो भनाइ राखेका थिए । परिषदका द्वितीय उपाध्यक्ष भुवनेश्वर शर्मा पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश र महासचिव छन्दमणि त्रिपाठीले कार्यक्रमको सञ्चालन गरेका थिए ।




Post a Comment

 
Top