0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय र शहरी विकास तथा भवन निर्माण विभागको संयुक्त आयोजनामा पोखरामा एक दिने सेल्टर क्लष्टर मार्गदर्शन सम्बन्धी क्षेत्रीय कार्याशाला सम्पन्न भयो।  राष्ट्रिय समन्वय मार्गदर्शन सुझाव संकलन र विपत पश्चात वितरण गरिने गैंह्र खाद्य सामाग्री किड पुनरावलोकन गर्ने उदेश्यले आयोजित कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका ४५ जनाको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र नेपाल रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । क्लस्टरले मानवीय निकायका गतिविधिहरुको गुणुस्तर वृद्धि गर्ने एवं पहिचान गरिएको समस्याहरु लाई सम्बोधन गर्ने गर्दछ । मानवीय क्षेत्रमा कार्य गर्ने निकायमा पूर्वानुमान गर्न सक्ने क्षमताको वृद्धि गर्ने, अझ बढि उत्तरदायी बनाउने र सबै क्षेत्रबीचको साझेदारीलाई बलियो बनाउने संयन्त्रको प्रमुख उद्देश्य रहेको नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवम् विपद व्यवस्थापन समिति सभापति मनोज कुमार थापाले जानकारी दिए । नेपालको सन्दर्भमा क्लष्टर अवधारणा सन् २००८ मा कोशीमा आएको बाढीमा गरिएको प्रतिकार्यबाट शुरुवात भएको हो । शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक रवि शाहले क्लष्टरले सबै निकायबीच समन्वय गर्न सहयोग पुग्ने बताउदै सरकारी तथा रेडक्रसबीच नेतृत्वदायी भूमिका निर्वाह गर्ने उल्लेख गरे। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डे, भोजराज घिमिरे, रमेश घिमिरे लगायतले बोलेका थिए । यूरोपियन युनियन अन्तर्गत डिपेइको ८ रेडक्रस कन्सोरटिभ को सहयोगमा सो कार्यक्रम भएको हो ।





Post a Comment

 
Top