0
गोल्डेन न्यूज संवाददाता
थ्रीएन्जल्स नेपालको नवौँ साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले गैसरकारी संस्थाहरुले सरकारी निकायसंग समन्वय गरेर काम गर्ने परिपाटी निर्माण गरिनुपर्नेमा जोड दिए। नयाँ नयाँ शैलीबाट मानव बेचविखन हुने गरेको भन्दै मैनालीले सबै नागरिक सचेत रहनुपर्ने बताए । सरकारी नियम र कानूनको पालना नगर्ने केही संस्थाका कारण समग्र गैरसरकारी संस्थामाथि दाग लाग्ने काम भएको भन्दै उनले प्रशासनले गलत काम गर्नेमाथि किमार्थ छुट दिन नसकिने बताए । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सरकार र गैरसरकारी निकायबीच आवस्यक तालमेल गरी कार्यक्रम गरिनुपर्नेमा जोड दिए । मानव बेचविखनको विरुद्धमा थ्रि एन्जल्सले गरेको कार्यक्रम सह्रानीय रहेको उनले बताए । राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल अध्यक्ष सुर्यवहादुर देउजाले मानवअधिकारको रक्षाका लागि मानव बेचविखन विरुद्धको अभियान आवश्यक भएको बताए ।  गैर सरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष पदम पहारीले गैर सरकारी संस्थाहरुले आन्तरिक सुशासनमा ध्यान दिनुपर्नेमा जोड दिए । ईन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिब खकुरेलले संस्था सफल हुनका लागि जिम्मेवारी, अवसर र कर्तब्यको तालमेल हुन सक्नुपर्ने बताए ।
कार्यक्रममा बालगृह महासंघ नेपालका केन्द्रीय सचिव विजयकुमार प्रधानले थ्रि एन्जल्स नेपालले सञ्चालन गरेको बालगृह ग्रेड ए मा परेकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा बालबालिको हितका लागि थ्रि एन्जल्स नेपालको भूमिका महत्वपूर्ण रहेको बताए । संस्थाका सचिव भुपेन्द्र आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थालाई जग्गा तथा घर भाडामा उपलब्ध गराएर सहयोग गर्ने  तोरण बानियाँ, हुविर सेन, बविता कुँवर, बसन्ता पाण्डे, गीताकुमारी नगरकोटी, भक्त बहादुर खत्री, सन्तोष कुँवर, राम बानियाँ, लक्ष्मण बानियाँ, कमलप्रसाद पौडेल, सुशिला थापा, सेती राना, बलराम पौडेल, रामचन्द्र पौडेल र रामचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको थियो । यसैबीच संस्थाद्वारा सञ्चालित बालगृहमा केयर टेकरको रुपमा विगत ६ वर्षदेखि कार्यरत रहनुभएकी हेमु राजकोटीलाई वर्षको उत्कृष्ठ कर्मचारी अवार्डबाट सम्मान गरिएको छ ।  थ्रीएन्जल्स नेपालका अध्यक्ष सारदा खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक डा राजेन्द्रकुमार गौतम,  बालबालिका विभाग प्रमुख भीम पौडेलले पनि बोलेका थिए ।




Post a Comment

 
Top