0
गोल्डेन न्यूज संवाददाता
नेपालका दुई संविधानविदहरुले ०७४ साल माघ ७ गतेपछि नयाँ संविधान ‘कोल्याप्स’ हुन सक्ने र संविधानले आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्न सक्ने चेतावनी दिएका छन् । एक जना संविधानविदले त यो पनि भनेका छन् कि राजा महेन्द्रले निर्वा्चित संसद विघटन गरेर प्रधानमन्त्रीलाई जेल हालेजस्तो घटना दोहोरिन सक्ने दाबीसमेत गरेका छन् ।नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानविदहरुले यस्तो खतराको संकेत गरेका हुन् । नेपालमा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख चाहिन्छ भन्ने विषयमा नयाँ शक्तिले अन्तरक्रियाको आयोजना गरेको थियो, जसमा संविधानविदद्वय डा. चन्द्रकान्त ज्ञवाली र डा. भीमार्जुन आचार्यले पनि बोलेका थिए । हाउसको सेसन चलिरहेकै बेलामा बाधा अड्काऊ फकाऊ मार्फत संविधान संशोधन गरिन्छ भने के यो संविधानलाई संविधानवादले राजनीतिलाई र्डोयाएको हो ? त्यसैले लोकतन्त्रको कुरा गर्नु अहिले व्यर्थ छ भन्ने मलाई लाग्छ कार्यक्रममा बोल्दै डा. भीमार्जुन आचार्यले भने– ‘०७४ माघ ७ को त्यो डेटलाइन पक्कै पनि मजाकका लागि बनाइएको होइन होला । त्यो अवधिभित्र निर्वाचन गरिएन भने यो संविधान कोल्याप्स हुन्छ ।’ संविधानविद ज्ञवालीले संविधानको मृत्यु हुन सक्ने खतरा औंल्याउँदै भने( ‘यो संविधान आफ्नो आयु लिएर आएको देखिन्छ, ०७४ माघ ७ सम्म । यो ९र९ महिनाको म्यादी सरकारले ३र३ वटा निर्वाचन गर्न सक्छ ? ०७४ माघ ७ सम्म तीनतहको निर्वाचन गर्न सकेन भने यो संविधानले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गरेर आएको छ । संविधानविद ज्ञवालीले नयाँ महेन्द्रको जन्म हुन सक्ने र प्रधानमन्त्री जेल जान सक्ने खतरा औंल्याए । उनले भने– ‘प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री यो देशका लागि खाँचो छ, होइन भने संसदीय पद्दती अफापसिद्ध भयो भनेर राजा महेन्द्रले निर्वा्चित संसदलाई डिजल्भ गर्दै निर्वा्चित प्रधानमन्त्रीलाई जेल हालेर निरंशुक व्यवस्था लादेको जस्तो फेरि पनि नहोला भन्न सकिन्न । अहिले देशमा लोकतन्त्र र संविधानवाद छ भन्ने आफूलाई नलागेको र यो सरकारले पनि केही गर्ने आशा आफूमा नभएको ज्ञवालीलेल बताए । कार्यक्रममा उनले भने– ‘हाउसको सेसन चलिरहेकै बेलामा बाधा अड्काऊ फकाऊ मार्फत संविधान संशोधन गरिन्छ भने के यो संविधानलाई संविधानवादले राजनीतिलाई र्डोयाएको हो ? प्रश्न यहाँ छ । त्यसैले लोकतन्त्रको कुरा गर्नु अहिले व्यर्थ छ भन्ने मलाई लाग्छ । त्यसैगरी ज्ञवालीले भन– ‘नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्रीय पद्दती र राष्टूपतिले राष्टूाध्यक्षको भूमिका निर्वाह गर्ने सिस्टम हुनुपर्छ । प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री हुनुपर्छ ।’ संविधानविद ज्ञवाली र आचार्य दुबैले संविधानको सर्वस्वीकार्यतामाथि प्रश्न उठेको बताएका छन् । संविधानविद ज्ञवालीले संविधानमा सबै जनताले अपनत्व गंहण नगर्दासम्म त्यसले वैधानिकता नपाउने र कार्यान्वयन हुन नसक्ने जिकिर गरे । उनले भने( ‘सरकारमा गठनमा पार्टीहरु आए, त्यसैले यो संविधानको वैधता भयो भन्ने कुरा आएको छ, अर्को ९१ प्रतिशत जनताले वैधानिकता दिनुभयो त्यसकारण यो संविधान वैधानिक भयो भन्ने जहाँसम्म कुरा छ, वास्तवमा त्यो संविधान वैधानिक हुन्छ, जहाँ जनताको स्वामित्व होस् ।’ देशभरिमा १ लाख ९२ हजार सुझाव आएकोमा संविधानसभाले ५ सय सुझावलाई मात्रै सन्दर्भमा लिएर स्वामित्व ग्रहण गरेको ज्ञवालीले बताए । उनले भने( ‘१ लाख ९१ हजार ५ सय सुझावलाई रद्दीको टोकरीमा फालेपछि यो संविधानप्रति जनताले स्वानमित्व लिए त ? यदि स्वामित्व लिए भने कार्यान्वयन हुन सक्छ, नभए हुँदैन  भने ।








Post a Comment

 
Top