0
गोल्डेन न्यूज संवाददाता
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले नेपाली कांग्रेस र माओवादी केन्द्र विचको सहमतिनै नेपालको राजनितीको प्रस्थान बिन्दू भएको वताएका छन । अहिलेको सरकार गठनका लागी माओवादी केन्द्र र कंग्रेस बीच भएको ७ र ३ बुदे सहमतिले नै राजनितीक अस्थिरतालाई हटाउने उनको भनाइ रहेको थियो । कास्कीको लेखनाथमा एकवर्ष अगाडी हत्या भएका नेपाली कांग्रेसका स्थानिय नेता रामजी पौडेल बादलको वार्षिक पुण्य तिथीमा आयोजना गरिएको स्मृती सभा तथा बादल स्मृती पुस्तकको लोकार्पण कार्यक्रममा वोल्दै गृहमन्त्री निधीले कांग्रेस र माओवादी बीच भएको सहमतीलेनै नेपालको भावी राजनितीको कार्यदिशा तयार पार्ने वताए । मन्त्री निधीले मित्र राष्टूहरु संगको सम्बन्ध बिग्रीएको वताउदै मित्र राष्टूहरु संगको सम्बन्ध सुधार गर्न तर्फ यो सरकार लागी परेको वताए ।े सरकारले यसका लागी विशेष दुतको रुपमा उपप्रधानमन्त्रीहरुलाई मित्र राष्टू चीन र भारत पठाउने निर्णय भइसकेको र उक्त भ्रमणले सम्बन्ध सुधारमा फलदायी भुमिका निर्वाह गर्ने उनको भनाइ रहेको थियो । मन्त्री निधीले एमाले नेतृत्व सरकारले मधेसी, आदिवासी जनजाति लगायतका मुद्धाहरुलाई वेवास्था गरेकै कारण अहिलेको समिकरण निर्माण जरुरी परेको वताउदै संविधान संशोधनको लागी आवश्यक गृहकार्य भइरहेको निधीले वताए।
निधीले पार्टी भित्रको गुट उपगुटकै कारण रामजी बादलको हत्या भएको वताउदै घटनामा संलग्न अपराधीहरुलाई कानुनी कठघारामा ल्याउनका लागी आफुले सक्दो पहलकदमी थाल्ने वताए । अदालतमा विचराधीन रहेको मुद्धाको बारेमा थप अनुसन्धानका लागी आवश्यक परे आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे ।







Post a Comment

 
Top