0
गोल्डेन न्यूज संवाददाता
पोखरामा प्रधान कार्यालय रहेका ४ वटा विकास बैंकहरु मुलुकभरमा धेरै नाफा कमाउने बैंकमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । कैलाश विकास बैंक फेरिपनि मुलुकभरको उत्कृष्ट बैंकमा पर्न सफल भएको छ ।  यो संगै केही वर्ष अघिसम्म पोखरामा अन्नपूर्ण फाइनान्सबाट सेवा शुरु गरेको हालको कैलाश विकास बैंकले चारवर्ष अघिदेखिको आफ्नो उत्कृष्टता कायमै राखेको छ । यसैगरी पोखरामा प्रधान कार्यालय रहेका मुक्तिनाथ विकास बैंक, फेवा विकास बैंक, ओम डेभलपमेन्ट बैंक समेत मुलुकभरको उत्कृष्ट १० स्थानभित्र पर्न सफल भएको छ । मुलुकभरकै सर्वोत्कृष्ट बन्न सफल कैलाश विकास बैंकको कुनैपनि विकास बैंकको निक्षेप र कर्जा सबै बैंकहरुमो भन्दा बढि रहेको बताइन्छ । यसका साथै कैलाशको चुक्ता पुँजीका हिसाबले पनि पहिलो नम्बरमा परेको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड रुपैयाँ छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा कैलाशले न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पर्नेछ । जसका लागि बैंकलाई कुनै कठिनाई देखिँदैन । पोखरामै प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंक ३५ करोड ८८ लाख रुपैयाँ नाफा कमाउँदै मुलुकभरको चौथो स्थानमा परेको छ । ८३ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी भएको मुक्तिनाथले ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात ०.१९ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ८२ रुपैयाँ छ ।
ओम डेभलपमेन्ट बैंक ३२ करोड ७६ लाख रुपैयाँ नाफा कमाउँदै छैठौं स्थानमा परेको छ । १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ओम डेभलपमेन्ट बैंक निक्षेप संकलनमा तेस्रो र कर्जा प्रवाहमा चौथो स्थानमा छ । यस अवधिमा ओमले ११ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जाको अनुपात ०.७८ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ३१ रुपैयाँ छ । यसैगरी ३० करोड ५ लाख रुपैयाँ कमाउँदै फेवा विकास बैंक सातौं स्थानमा परेको छ । यो बैंकको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ छ । निक्षेप संकलनका हिसाबले यो बैंक चौथो र कर्जा प्रवाहका हिसाबले तेस्रो स्थानमा छ । यो बैंकले ११ अर्व ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोछ । कूल कर्जामा खराब कर्जाको मात्रा ०.५४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ३० रुपैयाँ छ । सरकारी स्वामित्वको एनआइडीसी डेभलपमेन्ट बैंक नाफाका हिसाबले दोस्रो नम्बरमा परेको छ । बैंकले ४० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले पुरानो कर्जा उठाएर नाफा बढाएको हो । बैंकले १ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब २७ करोड रुपैयाँ कर्जा लागनी गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहका हिसाबले यो बैंक १०औं स्थानमा छ ।
 
यसैगरी धेरै नाफा कमाउने विकास बैंकहरुको सूचीमा तेस्रो स्थानमा रहेको यति डेभलपमेन्ट बैंकले गत वर्ष ३६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, यति निक्षेप संकलन र कर्जा प्रवाहका हिसाबले भने छैठांै स्थानमा छ । बैंकले १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको मात्रामा ४.१७ प्रतिशत छ भने प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १ अर्ब ३८ करोड रुपैयाँ छ । यस्तै ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाउँदै सिद्धार्थ डेभलपमेन्ट बैंक पाँचौ स्थानमा परेको छ । १ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सिद्धार्थले १२ अर्ब ३२ करोड निक्षेप संकलन गरी १० अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप कर्जाको हिसाबले सिद्धार्थ दोस्रो स्थानमा छ । बैंकले प्रवाह गरेको खराब कर्जाको मात्रा २.४१ प्रतिशत छ । ३० करोड २ लाख रुपैयाँ कमाएर काष्ठमण्डप डेभलपमेन्ट बैंक आठौं स्थानमा परेको छ । काष्टमाण्डपको चुक्ता पुँजी ६७ करोड ९८ लाख रुपैयाँ मात्रै छ । यस अवधिमा बैंकले ६ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रजाह गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जाको अनुपात ०.९३ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ४४ रुपैयाँ छ ।
यसैगरी करोड ९० लाख रुपैयाँ कमाउँदै रिलायवल डेभलपमेन्ट बैंक नवौं स्थानमा परेको छ । बैंकको चुक्ता पुँजी ७८ कारेड ८५ लाख रुपैयाँ छ । यस अवधिमा बैंकले ८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये २.०८ प्रतिशत छ भने प्रतिशेयर आम्दानी ३४ रुपैयाँ छ ।
 
यस्तै २५ करोड २६ लाख रुपैयाँ कमाउँदै एस डेभलपमेन्ट बैंक धेरै नाफा कमाउने विकास बैंकको सूचीमा दशौं स्थानमा रहन सफल भएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । यस अवधिमा बैंकले ७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात १.५१ प्रतिशत छ भने प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ । केही वर्षअघि देशमा विकास बैंकहरुको संख्या ८६ थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने नीति लियो । जसको तीब्र दबाबमा परे विकास बैंकहरु । तीन वर्षको अवधिमै १९ विकास बैंकहरु मर्जर वा एक्वायरमा गए । अहिले देशभर ६७ वटामात्रै विकास बैंकहरु सञ्चालनमा छन् । जसमध्ये राष्ट्रियस्तरका २३ वटा छन् । यो आर्थिक वर्षभित्रै कम्तीमा डेढ दर्जन विकास बैंकहरुले मर्जर वा एक्वायरमा जाने निश्चित छ । दर्जन बढी बैंकहरु मर्जरको पाइपलाइनमा छन् भने कतिपय संस्थाहरु उपयुक्त जोडी खोजिरहेका छन् । बैंकको अवस्था कस्तो छ भनेर विश्लेषण गर्नका लागि धेरै सूचकहरु छन् । चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिशेयर आम्दानी, शेयर मूल्य, सम्पत्तिमाथिको प्रतिफललगायत सूचकको आधारमा बैंकको मापन गरिन्छ ।। बैंकिङ क्षेत्र पनि एउटा व्यवसाय हो । व्यवसायको मुख्य उद्देश्यमा पर्छ–नाफा । र, लगानीकर्ताको मुख्य चासो बैंकको नाफासँगै जोडिएको हुन्छ । बैंकले जतिधेरै नाफा कमायो, त्यसका लगानीकर्ताहरुले त्यतिधेरै लाभांस पाउँछन् । त्यसैले कुनैपनि सूचिकृत कम्पनीहरुले आफ्नो वित्तीय प्रतिवेदन सार्वजानिक गर्दा सबैको ध्यान नाफा कति कमाएछ भन्नेतिरै जान्छ । अझ यो वर्ष त चुक्ता पुँजी बढाउने दबाबले धेरै कमाउने बैंकहरुले धेरै बोनस शेयर दिने आशामा लगानीकर्ता बसेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड हुनुपर्ने छ । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुक निकै ठूलो संकटबाट गुज्रिएको अवस्थामा पनि विकास बैंकहरुको नाफा ३६ प्रतिशतले बढेको छ । कर्जाको पुनर्तालीकीकरणमा राष्ट्र बैंकले केही खुकुलो व्यवस्था गरेका कारण पनि बैंकहरुको नाफामा भूकम्प र नाकाबन्दीको कुनै असर नदेखिएको हो । व्यवासायको आकार र नाफामा भएको वृद्धि सन्तोषजनक भएको डेभलपमेन्ट बैंकर्स एसोसिएस नका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । तर, विकास बैंकहरुको कारोबारको आकार धेरै सानो हुने भएकाले वाणिज्य बैंकहरुको भन्दा बढी नाफाको वृद्धिदर देखिएको लामिछानेले सुनाए । नाफाका हिसाबले वितेका चार वर्षदेखि नम्बर वान विकास बैंक बन्न सफल यो बैंक गत आर्थिक वर्षमा भने अधिकांस सूचकहरुमा नम्बर वान बनेको छ । बैंकले आर्थिक वर्ष २०७२÷०७२ मा ४३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।








Post a Comment

 
Top