0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका नेता रघुजी पन्तले वर्तमान सरकार स्थानीय निकायको निर्वाचन गर्ने काममा अगाडि नबढे दशैंपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले आफ्नो पार्टी नेतृत्वको सरकारले मसिंरमा निर्वाचन गर्ने योजना सार्वजनिक गरेको भन्दै त्यसलाई चैतमा सार्नुमै शंका गर्ने ठाउँ रहेको बताए।
उनले चुनाव नहुने भए एमालेले सडक र सदन दुबैबाट आन्दोलन गर्ने बताए। चैतमा निर्वाचन गर्ने नगर्ने भन्ने कुरा दशैं अगाडिसम्मको सरकारको कामले बताउँछ। नगर्ने नियत रहेको एमालेले ठहर गरे आन्दोलनमा उत्रने उनको भनाई थियो । प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पन्तले स्थानीय निकायको निर्वाचन सहमति जुटे पुनःसंरचना आयोगले सिफारिस गरे बमोजिमको आधारमा र नजुटे पुरानै संरचनामा भएपनि गर्नुपर्ने बताए।  त्यसका लागि एमाले नेतृत्वको सरकारले मन्त्रिपरिषद बाट मार्ग प्रशस्त गरेको बताए। उनले वर्तमान सरकारले काम गर्न नसक्ने बताए। उनले अहिलेसम्म सरकार विस्तार गर्न नसक्नेले कसरी देश विकासको काम गर्छ भन्दै प्रश्न गरेका थिए।






Post a Comment

 
Top