0
राजाराम पौडेल
नेपाली चलचित्रको क्षेत्रमा वितरण गरिने अवार्ड विवाद रहित हुन सकेका छैनन् । अवार्र्डको मनोनयन सँगै शुरु हुने विवाद अवार्र्ड पश्चात भने झनै व्यापक हुने गर्दछ । अवार्र्ड प्राप्त गर्न नसकेका व्यक्तिले विभिन्न कार्यक्रम र सामाजिक सञ्जाल मार्फत अवार्डप्रति आफ्ना असन्तुष्टि बाहिर ल्याउने गरेका छन् । शनिबार पोखरामा आयोजना गरिएको डि सिने अवार्र्र्ड–२०७३ मा पनि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले नै असन्तुष्टि प्रकट गरे । अवार्र्डको कार्यक्रमको मुख्य विधा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रको एवार्ड वितरण गर्न स्टेजमा बोलाइएका उनलाई आयोजकले केही बोल्न भनेपछि उनले अवार्र्ड कार्यक्रममा देखिएका नकारात्मक कुरालाई औल्याउँदै आक्रोश समेत पोखे ।
आयोजकको टिम सँगै स्टेजमा देखिएका उनले वितरण गर्न लागिएका २६ विधा भन्दा बढी अन्य विधामा समेत अवार्ड, पुरस्कार र सम्मान वितरण गरेर अवार्र्डको महत्व घटाएको भन्दै टिप्पणी गरे । ‘सबैलाई सन्तुष्ट पार्नका लागि विभिन्न नाउँमा अवार्र्ड वितरण गर्नु गलत हो’ उनले भने । आठौंपटक सम्म आइपुग्दा समेत अवार्र्ड कार्यक्रममा अपेक्षाकृत सुधार गर्न नसकेकोप्रति समेत गुनासो गरे । स्टेजमा अवार्र्ड वितरण गर्न पुगेका चलचित्रकर्मी बढी समय आफ्नै चलचित्रको प्रचारमा समय खर्चेको प्रति उनी झनै आक्रोशित बने । ‘अवार्ड वितरण गर्न स्टेजमा पुग्ने चलचित्रकर्मीले आफ्नो चलचित्रको प्रचार गर्ने ठाउँको रुपमा लिदैँ बढी बोल्नु राम्रो भएन, यसले हामी दर्शकलाई असहज बनायो’ राईले गुनासो गरे । निर्धारित समय भन्दा ढिला गरी शुरु गरिएको अवार्र्ड कार्यक्रममा अनावश्यक विषयवस्तु तर्फ समय खर्चंदा कार्यक्रम लम्बिएको थियो । अवार्डको शुरुवातमा खचाखच भरिएका कलाकार र अतिथिको संख्या मुख्य विधाका अवार्ड बाँढ््दा पातलिसकेको थियो । सबै अवार्र्ड विजेता चलचित्रकर्मी कार्यक्रममा उपस्थित नहुँदा दर्शकले खल्लो महसूस समेत गरे । मोफसलमा पुगेर राष्ट्रियस्तरको अवार्र्ड कार्यक्रम गरेको भन्दै आयोजकको यो कदमलाई सबैले प्रशंसा गरे । यसले पर्यटकीय नगरी पोखराको पर्यटन क्षेत्रमा सहयोग पुगेको पोखरेली पर्यटन व्यवसायीको प्रतिक्रिया छ । कार्यक्रम पोखरा विरौटाको होटल पोखरा ग्राण्ड भएको थियो । आगामी नवौ संस्करणको डि सिने अवार्र्ड कार्यक्रम हेटौडामा गरिने आयोजकले जनाएका छन् । कार्यक्रममा उत्कृष्ट चलचित्रको अवार्र्ड आर्यन सिग्देल तथा सुवास इन्टरटेन्टमेन्टको व्यानरमा बनेको चलचित्र क्लासीकबाट बाजी मा¥यो यहि चलचित्रबाट वर्षको उत्कृष्ट अभिनेता आर्यन सिग्देल र उत्कृष्ट अभिनेत्रीमा नम्रता श्रेष्ठ बनिन् । क्लासीकबाटै उत्कृष्ट सम्पादनमा सुरेन्द्र पौडेल र उत्कृष्ट गायक युवराज चौलागाईले अवार्र्ड जिते । उत्कृष्ट निर्देशकको अवार्र्ड पशुपति प्रसादबाट दिपेन्द्र खनालले आफ्नो पक्षमा पारे, यहि चलचित्रबाट उत्कृष्ट खलपात्रको अवार्र्ड विपिन कार्की, उत्कृष्ट पटकथा खगेन्द्र लामिछानेले जीते । उत्कृष्ट संवादको अवार्र्ड वडा नं. ६ बाट दिपक राज गिरी हात पार्दा यसै चलचित्रबाट उत्कृष्ट सह अभिनेता जीतु नेपाल,उत्कृष्ट चरित्र अभिनेत्री दिपाश्री निरौला, उत्कृष्ट हास्य कलाकार केदार घिमिरे र उत्कृष्ट पाश्र्व संगीततर्फको अवार्र्ड एलिस कार्की प्राप्त गरे । उत्कृष्ट नव निर्देशकको अवार्र्ड ड्रिम्सबाट भुवन केसीले प्राप्त गर्दा यसै चलपचित्रबाट उत्कृष्ट छायाँकार  पुरुषोत्तम प्रधान तथा सञ्जय लामा र उत्कृष्ट नव अभिनेत्री सामाग्री राज्यलक्ष्मि शाहले अवार्र्ड जितिन् । उत्कृष्ट संगीत अवार्ड प्रेम गीतबाट अर्जुन पोखरेल जीत्दा सोही चलचित्रबाट उत्कृष्ट गायिकाको एवार्ड अञ्जु पन्त, उत्कृष्ट नृत्य निर्देशक एवार्ड रेनिशा राई र उत्कृष्ट गीतकार एवार्ड डा.कृष्णहरि बरालले प्राप्त गरे । उत्कृष्ट सहअभिनेत्रीको अवार्र्ड अर्धकट्टीबाट अशिश्मा नकर्मी, उत्कृष्ट चरित्र अभिनेताको अवार्र्ड कवड्डी कवड्डीबाट माओत्से गुरुङ, उत्कृष्ट नव अभिनेत्रीको अवार्ड नाइ नभन्नु ल ४ बाट पल शाह, उत्कृष्ट कथाको अवार्र्ड धौलीबाट सन्तोष कुमार आत्रेयले आफ्नो पक्षमा पारे ।  उत्कृष्ट द्वन्द अवार्ड भैरवबाट हिमाल केसी र उत्कृष्ट वेष्ट आइटम डान्स अवार्र्ड लुटेराबाट प्रियंका कार्कीले जितिन् । यसका अलावा उत्कृष्ट एनिमेशन अवार्र्ड फूलै–फूलको मौसम तिमीलाई बाट रमेशमान श्रेष्ठ, उत्कृष्ट ड्रेस अवार्र्ड ड्रिम्सबाट विना घले, मस्ट पपुलर संङ अफ द एयर एक करोड भन्दा बढीले हेरेको वडा नं. ६ को सुर्के थैली खोई गीतलाई प्रदान गरियो ।  स्टारड्रम अवार्ड भैरवबाट निखिल उप्रेती, जुरी अवार्र्ड कवड्डी कवड्डी टिमले, पब्लिक च्वाइस अवार्ड प्रेम गीतबाट सुर्दशन थापा, प्रोत्साहन अवार्र्ड रेशम फिलिलिबाट रामेश्वर चौरासिया, समिक्षक अवार्र्ड अभिनेता तर्फ फन्कोबाट सौगात मल्ल, अभिनेत्री तर्फ फन्कोबाटै केकी अधिकारी र समिक्षक अवार्र्ड चलचित्र तर्फ पशुपति प्रसादले आफ्नो नाम लेखायो । यसैगरी मौलिक चलचित्र धौलीका निर्देशक घनश्याम लामिछाने, विदेशमा रहेर नोपी चलचित्र क्षेत्रमा पु¥याएको योगदान स्वरुप ड्रायसकला चलचित्रकर्मी सम्मानबाट रविन आर्चाय र रमेशचन्द्र राईलाई सम्मान गरियो । छायाछवी चलचित्रकर्मी सम्मानबाट नेपाली चलचित्रकी सदाबहार नायिका करिष्मा मानन्धर, चलचित्र निर्माता छविराज ओझा र निर्मल शर्मा सम्मानित भए । छायाछवी चलचित्र पत्रकारीता पुरस्कारबाट नरेश भट्टराई नगद सहित सम्मानित भए । कार्यक्रममा दिपकराज गिरी, जितु नेपाल, अशिस्मा नकर्मी, पवित्रा आचार्य, नम्रता सापकोटा, अञ्जु पन्त लगायतले आफ्नो प्रस्तुति मार्फत अवार्ड कार्यक्रमलाई रमाइलो बनाएका थिए ।


Post a Comment

 
Top