0
गोल्डेन न्यूज संवाददाता
नेवाः खलः कास्कीको आह्वान तथा जाल्पादेवी तायमचा समितीको आयोजनामा भाद्र ३ र ४ गते सिमलचौरमा हुने गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा पोखरा र लेखनाथका गरि ३० टोलीले प्रतिस्पर्धा गर्ने  महोत्सव संयोजक कृष्णमान ठुसाजुले आइतबार पोखरामा महोत्सब बारे जानकारी दिने उद्दश्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अहिलेसम्म २२ टोलीले दर्ता गरिसकेको ठुसाजुले बताए । सिमलचौरको खुला सडकमा महोत्सव अन्तर्गत भाद्र ३ गते विहान १० वजेदेखि नै विभिन्न नेवारी परिकारहरु, नेवारी कला सँस्कृतिका झाँकी लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने छ । उक्त दिन स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक ठुसाजुले बताए । महोत्सबको अन्तिम दिन भाद्र ४ गते तायमचा नृत्य प्रतियोगिता हुने छ । कार्यक्रममा बोल्दै नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बिभिन्न टोलमा छरिएर रहेका नेवार समुदायलाई आफ्नो संस्कार र संस्कृति बारे जागरुक बनाउन प्रतियोगिताको आयोजना गरेको बताए । उनले कास्कीको दाङ्गिसमराङ्गदेखि हेम्जाका नेवार समुदायको टोलीले प्रतियोगितामा सहभागिता जनाउने बताए । गाइजात्राको बारेमा प्रकाश पार्दै पालिखेले नेपाल विभिन्न भाषा, सँस्कृति, जात्रा, पर्वहरुले अत्यन्त सम्पन्न मुलुक भएको र  हाम्रा मौलिक परम्परा, जात्रा, पर्वहरु हाम्रा निजी सम्पत्ति ,पहिचान र धरोहरहरु हुन् भन्दै नेपालमा प्रचलित विभिन्न जात्रा पर्व मध्य एउटा विशेष महत्व र परिचय वोकेको पर्ब गाइजात्रा पर्व भएको बताए  । प्रतियोगितामा तोकिएका निर्णायकहरुका मतका आधारमा उत्कृष्ट छुटयाई पुरस्कृत गरिने जाल्पादेबी तायमचा समितिका सचिब बिश्व बिजुक्छेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने टोलीलाई क्रमश रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजार तथा शिल्ड प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसका अलावा प्रतियोगितामा उत्कृष्ट बाद्यबाधन, भेषभुषा, जोकर तथा ख्यालीका लागि पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्रदान गरिने छ । महोत्सवमा नेवारी खानाका परिकार, नेवारी नृत्य, कुमारी, चर्या, लाखे प्रर्दशन गरिने छ ।  पोखरामा नेवार समुदायको बसोबास शुरु भए देखि नै तायमचा नृत्य देखाउन थालिएको भए पनि बि.सं. २०५२ साल देखि प्रतियोगिता कै रुपमा शुरु गरिएको हो । गाइजात्रा नेपालका विभिन्न जिल्ला र शहरहरुमा मनाउने चलन रहेतापनि पोखरामा भने अलि फरकरुपले यसको विकास भएको पाईन्छ । यसको इतिहास र  पोखरा उपत्यकामा नेवार समुदायको आगमन एवम् विकास संगसंगै गाइजात्रा तथा तायामचा नृत्य परम्पराको पनि विकास हँुदै आएको तथा यस नृत्यको इतिहास करिव दुई ढाइसय वर्ष पुरानो भएको मान्न सकिने थुप्रै आधार रहेका छन् ।
नेवार समुदायको घरमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो वनाई वजार परिक्रमा गर्ने गरिन्छ । प्रारम्भ काठमाण्डौं उपत्यकाका तात्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आप्mनी रानीको मन वहलाउनका लागि गरेको भन्ने छ ।



Post a Comment

 
Top