0
गोल्डेन न्यूज संवाददाता
नेवाः जागरण मञ्चको भेला शनिबार पोखरामा सम्पन्न भएको छ । मञ्चका भावी कार्ययोजना तथा विगतमा गरिएका काम कार्वाहीबारे सदस्यलाई जानकारी दिन उक्त भेला आयोजना गरिएको हो । नेवाः खल कास्कीको मातहतमा चल्दै आएको उक्त संगठनले नेवारी संस्कृति, परम्परा लगायतको प्रवद्धनमा जुट्दै आएको मञ्चका अध्यक्ष राजेन्द्र शाहीले जानकारी दिए । आप्mनो जातीय पहिचान जोगाउन मञ्च लागिपरेको उनले बताए । मञ्चले आप्mनो भावि कार्ययोजनासमेत सार्वजनिक गरेको छ । मञ्चमा आवद्ध साधारण सदस्यहरुको संख्या वृद्धि गर्ने, सदस्यता परिचयपत्र वितरण गर्ने, मासिक लेवी उठाएर आर्थिक वृद्धि गर्ने नेवारी भाषा नजान्नेहरुका लागि भाषा सिकाउने, प्रत्येक वर्ष न्हूदया भिन्तुना कार्यक्रम गर्ने योजना रहेको शाहीले जानकारी दिए । संस्थाले कास्कीका नेवार समुदायलाई जातीय पहिचानबारे जागरण प्रशिक्षण दिँदै आएको छ । सात सदस्सीय कार्यसमिति रहेको उक्त संगठनमा हाल ५० जनाको हारहारीमा सदस्यहरु छन् । यसैबीच संगठनले आप्mनो वार्षिक आय व्ययसमेत सार्वजनिक गरेको छ । २०७२ जेठ २ गतेदेखि हालसम्मको आमदानी र खर्च सार्वजनिक गरिएको हो । मञ्चको जम्मा आम्दानी चार हजार तीन सय ५० रुपैयाँ र खर्च एक हजार सात सय ६० रुपैयाँ रहेको उनले जानकारी दिए । मञ्चको बचत दुई हजार पाँच सय ९० रुपैयाँ रहेको जानकारी प्राप्त भएको छ । संस्थाले नेपाल सरकारबाट प्रदान गरिएको प्रवल जनसेवा पदकबाट सम्मानित नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे र उपाध्यक्ष तीर्थ श्रेष्ठलाई बधाई ज्ञापन गरिसकेको छ । संगठनमा अभिभावकको भूमिकासमेत निर्वाह गरिरहेका पालिखे र श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो । भेलामा बोल्ने अधिकांश वक्ताले नेवारी परम्परालाई जोगाउन जागरणमूलक कार्यक्रम आवश्यक भएको बताएका थिए । उनीहरुले जातीय सद्भावलाई कायम राख्दै संस्था अघि बढ्नुपर्नेमा जोड दिए ।





Post a Comment

 
Top