0
गोल्डेन न्यूज संवाददाता
 केहीअघि पोखरामा र हाल काठमाडौंमा प्रधान कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंकले आफ्ना कर्मचारीहरुलाई प्रशिक्षण दिएको छ । बैंकका २ वटा क्षेत्रीय कार्यालय तथा २९ वटा शाखा कार्यालयका  क्षेत्रीय तथा शाखा प्रबन्धकहरु र विभागीय प्रमुखहरु गरि ३७ जनालाई उक्त प्रशिक्षण दिइएको हो ।
उक्त अवसरमा आ.व. २०७२÷७३ कोे बार्षिक समिक्षा समेत गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बैंकको हालसम्मको प्रगति विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने कार्य योजना तथा रणनीतिको बारेमा प्रशिक्षण दिएका थिए । नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आ.ब.को वित्तीय अवस्थाको बारेमा जानकारी गराउँदै प्रतिस्पर्धी अन्य बैंकहरुसंगको तुलना तथा भावी कार्य योजना तथा रणनीति बारे प्रकाश पारेका थिए । नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका उप–निर्र्देशक निर्मल कुमार कार्कीले नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका ईजाजत पत्र प्राप्त बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनमा भएका थप÷संशोधन÷परिमार्जन सम्बन्धी बिषयमा जानकारी गराएका थिए । यसैबीच बैंकले यहि आ.ब.२०७२÷७३ आषाढ मसान्तसम्म १० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन, ९ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरि ३४ करोड ४० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकका ३१ वटा शाखा कार्यालय तथा १२ वटा एटीएम सहित आफ्ना ग्राहकहरुलाई आधुनिक मोबाईल बैंकिङ्ग सेवा अन्तर्गत एसएमएस बैकिङ्क, फोन पे सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, अन्तर बैंक भुक्तानी सेवा साथै कर्पाेरेट तथा क्षेत्रीय कार्यालयहरु बाट लकर सेवा, क्षेत्रीय कार्यालयहरु बाट सुनचांदी धितो कर्जा सेवा र ३६५ दिने बैकिङ्क सेवा र ६ वटा शाखाबाट लघुबित्त इकाईहरु मार्फत बिपन्न वर्गका समुदायहरुलाई बित्तीय सेवा प्रदान गर्दै आईरहेको बताइन्छ ।




Post a Comment

 
Top