0
गोल्डेन न्यूज संवाददाता 
प्राइम बहुउद्देश्यीय सहकारी संस्था पोखरा–४, को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभाले सचिव, कोषाध्यक्ष र कर्जा उप–समितिको प्रतिवेदन सर्र्बसम्मत पारित भएको छ । उक्त अवसरमा उत्कृष्ट नारी बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट सदस्य, ज्येष्ठ नागरिक, एसएलसी उत्तीर्ण विद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको प्रवन्ध निर्देशक सुरेन्द्रमणि पौडेलले जानकारी दिए । पोखरादेखि रारातालसम्म साइकलमा यात्रा गरेकी सालु घिमिरेलाई पनि सम्मान गरिएको पौडेलले जानकारी दिए । उनी शेयर सदस्य सन्तोष घिमिरेकी छोरी हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले बचत तथा ऋणका साथै प्राइम सहकारीले अन्य क्षेत्रमा पनि लगानी बढाएको बताए । लगानीका लागि सहकारीहरुलाई सहयोग गर्न राष्ट्रिय सहकारी बैंक तयार रहेको उनको भनाइ छ । सहकारी डिभिजन कार्यालय पोखराका प्राचार्य बद्रिनाथ अधिकारीले उत्पादनमूलक क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्नेमा जोड दिए ।  कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवरी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ, सर्वेश्वर मार्ग व्यवसायी समितिका अध्यक्ष धर्ममान सिंह भण्डारी, संस्थाका सल्लाहकार निदेशप्रसाद कोइराला लगायतले बोलेका थिए । सहकारीले गत आर्थिक वर्ष २०७२÷७३ मा ५८ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरी ४९ करोड १६ लाख रुपैयाँ कुल बचत गरेको थियो । ५ करोड २० लाख रुपैयाँ शेयर रहेको प्राइम सहकारीको जगेडा कोषमा १ करोड ८१ लाख रुपैयाँमा छ । साधारणसभाको अवसरमा सहकारीले महिला सदस्यहरुलाई तीजको दर खुवाएको पौडेलले जानकारी दिए ।



Post a Comment

 
Top