0
सप्तरीको तिलाठी गाविस र भारतीय गाउँ कुनौलीका बासिन्दाबीच वर्षौंदेखि विवाद हुँदै आएको छ । भारतीय पक्षले आफ्नो भूमि कुनौलीमा नेपाली भू–भाग डुबानमा पर्ने गरी एकपक्षिय रुपमा बनाउन शुरु गरेको बाँध भत्काई दिएपछि झडप भएको थियो । भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँधले नेपाल तर्फको आधा दर्जन गाविस जलमग्न हुन्थे । भारतले केही वर्ष अगाडि नै यो बाँध एकतर्फी रुपमा बनाएपछि यी गाविसहरु डुबानमा पर्दै आएका थिए । यो बाँध भत्किएपछि भारतीय र नेपाली पक्षबीच भएको बाँध नबनाउने सहमति विपरित बाँध बाँध्ने काम शुरु भएपछि नेपालीले भत्काई दिएका थिए । नेपाली भूमिको रक्षाका लागि सप्तरीबासीले जुन साहस देखाए त्यो अत्यन्तै प्रशंसीनय छ । नेपाली भूमी कब्जा गर्दै आएको भारतलाई सन्देश दिनको लागि सप्तरीबासीले जुन साहस देखाए त्यसमा मधेस केन्द्रित दलका नेताहरुले एक शब्द समेत बोल्न सकेका छैनन् । सप्तरीबासीले भारतीय हेपाह प्रवृत्तिको खुलेर सामना गरेपनि ठूला राजनीतिक दल र मधेसका मसिहा ठान्ने दलहरुले भने आचाश्र्यजनक रुपमा मौन छन् । हाम्रा नेताहरुले यसबारे चासोसमेत राख्न सकेका छैनन् । मधेस केन्द्रित दलले यस घटनाबारे चुप लाग्नुले उनीहरुले स्वयम् मधेसी जनताप्रति बेइमान गरिरहेको रहस्य समेत खुलेको छ । मधेसका समस्या सुनुवाईमा चासो नदिने मधेसी दल भारतको एस म्यान बनिरहेका छन् भन्ने पुष्टि भएको छ । राष्ट्रियताको पक्षमा लडाई लडेका सप्तरीबासीको साहसलाई कहिँकतैबाट सहयोग नहुँदा उनीहरु सरकारबाट अपहेलित भएको महसुस गरेका छन् । मधेसी दलको बेवास्ताले आँफूलाई भोट दिएर जिताएको आफ्नो क्षेत्रको जनताको समस्या भन्दापनि भारतसँगको सम्बन्धकै चिन्तै बढी हाम्रा नेताहरुमा देखिएको छ । दुबै देशका बासिन्दा बीचको विवाद लगातार रुपमा भइरहेको छ । तर, यी विवादका विषयमा कसैले पनि ध्यान दिन नसक्नु दुखद पक्ष हो । भारतसँग बोल्न नसक्ने नेपाली प्रशासनले कुनै किसिमको ध्यान नदिँदा स्थानीय बासिन्दाले प्रत्येक बर्ष दुःख झेल्नुपरिरहेको छ । १५ बर्षयता लगातार रुपमा दुबै देशका बासिन्दाबीच झडप भइरहेको छ । यसले अप्रिय घटना निम्त्याउने मात्रै होइन दुई देशको सम्बन्धमा थप जटिलता निम्त्याउन सक्छ । त्यसैले थाती रहेका यस्ता विवादहरुको कुटनीतिक रुपमा सदाका लागि समाधान गर्न जरुरी छ । मधेसी दलको मौनताले भारत रिसाउँछ भन्ने सन्देश दिएको छ । हिजो भोट दिएर जितएका जनतालाई पीडामा साथ दिनुको साथै पुरै बेवास्ता गर्दा मधेसी दल त्यहाँका जनताप्रति उत्तरदायी छन् भन्ने खुलासा गरेको छ । मधेसी जनताको मागलाई उठाएर आन्दोलन गरिरहेका ती दलको उदेश्य समेत सतहमा देखिएको छ । मधेसी जनताले पनि मधेसी दलका नाडी छामी सकेका छन् । अब मधेसको नाम जप्नुको कुनै अर्थ छैन मधेसी दललाई । राष्ट्रियको पक्षमा लडिरहेका जनतालाई सरकारले साथ दिन जरुरी छ ।






Post a Comment

 
Top