0
लालीगुराँस टोल विकास संस्थाको आयोजना तथा सफलता मिडिया प्रालि र विपी कोइराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा सोमबारदेखि सुरु भएको छ । सफलताको सहकार्यमा विभिन्न आमा समूहहरु, टोल विकास संस्थामा आवद्ध महिलाहरु, रेडियोका स्रोता सदस्यहरुले तालिममा समन्वय गर्दै आएका छन् । यसैक्रममा लालीगुराँस टोल विकास संस्थामा सोमबारदेखि सुरु भएको नेतृत्व विकास तालिमको उद्घाटन गर्दै नागरिक समाजका संयोजक तथा फिर्के–बुलौदी सरसफाई अभियानका अभियान्ता रामबहादुर पौडेलले सिकेका कुरा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे । उनले नेतृत्व लिनलाई महिला दिदीबहिनीहरु तयार हुनुपर्नेमा जोड दिए । रेडियो सफलताकी प्रबन्ध निर्देशक दुर्गा अधिकारी सिक्ने र सिकाउने कुरा कहिल्यै नसकिने बताइन । टोल विकास संसथा समन्वय समिति पोखरा–८ का शारदा गिरीले वडा नम्वर ८ लाई नमुना वडा बनाएर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा आदर्श समाज दैनिककी व्यवस्थापक दुर्गादेवी बाँस्तोलाले संचारको पहुँच आम नागरिक समक्ष सम्म पुर्याउन सफलताले थालेको अभियानको खुलेर प्रशंसा गरिन् । कार्यक्रममा सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी, लाली गुराँस टोल विकास संस्थाका सल्लाहकार विष्णु थापा, जाल्पादेवी महिला उद्धार आमा समुहका उपाध्यक्ष कान्ति अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष राधा क्षत्रीकोे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष दिलु भण्डारी र संचालन संस्थाका सचिव मेनुका बरालले गरेकी थिइन।


Post a Comment

 
Top