0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालाभित्र बन्दै गरेको पोखरा टेनिस कम्प्लेक्समा पाँचौं कोर्ट पनि निर्माण हुने भएको छ । शनिबार एक समारोहका विच उक्त कोर्टको शिलन्यास गरियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एक समारोहका विच उक्त टेनिस कोर्टको शिलन्यास गरे ।
हङकङ नेप्लिज टेनिस सोसाइटीले पोखरामा उक्त टेनिस कोर्ट निर्माणका लागि सहयोग संकलन गरि ८ लाख ६७ हजार ७ सय १७ रुपैयाँ पठाएपछि पोखरा रंगशालाभित्र पाँचवटा टेनिस कोर्ट बन्ने पक्का भएको हो । हङकङ नेप्लिज टेनिस सोसाइटीका अध्यक्ष मगेन्द्र राईको संयोजकत्वमा टेनिस कोर्ट निर्माणका लागि अर्थ संकलन भएको हो । कोर्ट निर्माणका लागि जी क्लाड्स लिमिडेलले १ लाख ५७ हजार, युवराज गुरुङ्गले १ लाख ५ हजार, विकास गुरुङ्गले १ लाख ३ हजार, मगेन्द्र राईले ५५ हजार, किशोर गुरुङ्गले ५५ हजार, चन्द्रप्रकाश गुरुङ्गले ५५ हजार, किशन थापाले ५५ हजार, गुमा सिंह गुरुङ्गले ५५ हजार, टेकेन्द्र सुब्बाले ५२ हजार, वाइ बी राईले ५२ हजार, चन्द्रकुमार राईले ३१ हजार, नरेश सुनवारले २५ हजार, मानबहादुर गुरुङ्गले २५ हजार, होम नेपालीले १५ हजार, धिरज कुमार राईले १५ हजार तथा डोम रानाले ७ हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकमको चेक सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति डिआइजी नरेन्द्रकुमार सिंह र क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले संयुक्त रुपमा कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थलाई हस्तान्तरण गरे ।  चेक बुझ्दै संघ कास्कीका अध्यक्ष कायस्थले पोखरामा टेनिस कोर्ट निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । सहयोग प्राप्त रकम पारदर्शी रुपमा टेनिस विकासमा खर्चिन उनले बताए । संघ कास्कीका सचिव लोक गुरुङ्गले सञ्चालन तथा कोषाध्यक्ष राजु गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top