0
पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा पत्रकार माधव बरालसहित विभिन्न व्यक्तिलाई शनिबार सम्मान गरेको छ । संस्थाले यो वर्ष स्थापना गरेको हाम्रो सहयोगी पत्रकारिता पुरस्कार २०७३ बाट बराललाई सम्मान गरेको हो । १४ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील रही सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पु¥याएको भन्दै पत्रकार बराललाई सम्मान गरिएको हो । बराललाई कास्की बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भीमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका पूव अध्यक्ष कुसुमकेशव पराजुली  र संस्थाका अध्यक्ष किसान  सुनारले संयुक्त रुपमा सम्मान गरेका हुन् ।  पुरस्कारको राशि नगद ५ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र छ । पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा योगदान दिने एक जना पत्रकारलाई प्रत्येक वर्ष उक्त पुरस्कारबाट सम्मान गर्ने सहकारीका अध्यक्ष किसान सुनारले बताए । लोक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै गायक खिमबहादुर गुरुङलाई पनि सम्मान गरिएको छ । सहकारीका शेयर सदस्य छोराछोरी मध्येबाट २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई पनि सम्मान गरिएको थियो ।






Post a Comment

 
Top