0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस वडा कार्यसमिति पोउमनपा, ४ र नेपाल महिला संघ वडा ईकाई ४ को संयुक्त आयोजनामा नारीहरुको पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा दरखाने कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सांसद वृन्दा रानामगरले अझैपनि राज्यका हरेक निकायहरुमा महिलाहरुको ४० प्रतिशत प्रतिनिधित्व हुन नसकेको बताउँदै आफ्ना हक अधिकारका लागि अझै आन्दोलनको खाँचो औँल्याईन् । पछिल्ला वर्षहरुमा तीज पर्व तडक–भडक युक्त भएकोमा चिन्ता व्यक्त गर्दै रानाले महिलाहरुले तीज पर्वलाई तडक–भडक रहितरुपमा मनाउनुपर्ने भनाई राखेकी थिईन् । काँग्रेस वडा कार्यसमिति पोखरा–४ का सभापति गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नगर सभापति बजिरमान श्रेष्ठ, काँग्रेस जिल्ला सदस्य दामोदर अधिकारी, महाधिवेशन प्रतिनिधि शकुन्तला कोइराला, नेपाल महिला संघ कास्कीका स

भापति कोपिला रानाभाट, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति विजयराज आचार्य, नेपाल महिला संघ वडा ईकाई ४ का सभापति जानकी कोइराला, क्षेत्रीय सभापति शारदा गिरी, क्षेत्रीय प्रतिनिधि रजनी के.सी., वडा महिला समन्वय समिति तथा आमा समूहहरुको तर्फबाट भगवती कोइराला (लला), क्रियाशिल सदस्यको तर्फबाट विष्णु कोइराला, महिला संघ पोखरा–४ का सचिव निर्मला लामिछाने तथा काग्रेस वडा ईकाईका सचिव गायत्री पराजुली लगायतले तीजको शुभकामना व्यक्त गरेका थिए ।  काँग्रेस क्षेत्र नं. ३ का सचिव शंकर बाँस्तोलाको संयोजनमा भएको कार्यक्रममा विभिन्न तह र तप्कामा रहेर काम गरेको भन्दै मनकुमारी कोइराला, वसुन्धरी कोइराला, गोमा कोइराला, जशुधा कोइराला, देवा कोइराला, सकुन्तला कोइराला, कोपिला रानाभाट, शारदा गिरी, कमला गिरी, पार्वती माकाजू र रजनी केसी लगायतलाई महिला संघकी अवडा सभापति जानकी कोइरालाले सम्मान गरेको वडा सचिव गायत्री पराजुलीले जानकारी दिइन ।

Post a Comment

 
Top