0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रको एक मात्र कन्या क्याम्पस पोखरामा क्याम्पसका पूर्व छात्राहरुको पूनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसको रजत जयन्तीको अबसर पारेर भेला आयोजना गरिएको जानकारी गराए । कन्या क्याम्पस पोखरा गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यू.ए.ए.) प्रमाणपत्र लिन प्रयत्नशिल रहेको अबस्थामा यस्तो भेलाबाट छात्राहरुको ट्रेसर अध्ययन गर्न सहयोग पुग्ने बताए ।  कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलका प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङ्गले कन्या क्याम्पसका छात्राहरुलाई महिला हिंसाको बारेमा जानकारी गराउँदै महिला अधिकारको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन । कन्या क्याम्पसका संस्थापक क्याम्पस प्रमुख सुरेन्द्र बहादुर भारीजुले क्याम्पसको स्थापनाका समयमा भएका चुनौती र स्थापनाका कठिनाईहरुको बारेमा संस्मरण गर्दै क्याम्पसको बर्तमान अबस्थामा गरेका प्रगतिको बारेमा खुलेर प्रशंसा गरे ।  क्याम्पस सञ्चालक समिति सदस्य मदन शर्मा, प्राध्यापक संघ सभापति इन्द्रकमल मानन्धर तथा छात्रा कल्याण समितिका संयोजक अनु श्रेष्ठले क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि पूर्वछात्राहरुले खेल्नसक्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।
पूर्व छात्राहरुको प्रतिनिधित्व गर्दै छात्रा रजनी के.सी.ले क्याम्पसले क्यू.ए.ए. प्रमाणपत्र प्राप्त गर्न आवश्यक रहेको भन्दै  विश्वबिद्यालय अनुदान आयोगको सहयोगमा अझै प्रगति गर्न सकिने बताए । भेलाले संगीता बज्राचार्यको अध्यक्षतामा २६ सदस्यीय पूर्व छात्रा समिति गठन गरेको छ । उपाध्यक्षमा कविता श्रेष्ठ, सचिवमा रजनी के.सी., कोषाध्यक्ष मा नानु रेग्मी, सहसचिवमा निलम कर्माचार्य, सहकोषाध्यक्षमा रिमा श्रेष्ठ रहेका छन् । समितिमा दुर्गा पराजुली, बिधाता श्रेष्ठ, अन्जना श्रेष्ठ, सुरिना श्रेष्ठ, प्रसन्ना दत्ता, उषा राना, दिक्षा बाटाजु, रोशनी भारती, प्रिति पाण्डे, सिलसिला जोशी, बिमला गुरुङ्ग, अर्चना यादव, कमला गुरुङ्ग, बिनिता जोशी, सिर्जना सिवाल, ज्ञानु पराजुली, सानु जोजिजु, रचना बस्नेत, स्वेता कुमारी गुप्ता र तुलसी अधिकारी सदस्य रहेका छन ।
नव गठित कार्यसमितिले कन्या क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धि र अर्थ संकलनका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।  कार्यक्रममा क्याम्पस स्थापनादेखि हालसम्मका विभिन्न कार्यक्रमका फोटो प्रस्तुति गरिएको थियो । १३५ पूर्व छात्राहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्राध्यापक तथा कर्मचारी वर्गको पनि उपस्थिति रहेको थियो ।  पूर्व छात्रा समितिका संयोजक संगीता बज्राचार्यले स्वागत र कविता श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन ।





Post a Comment

 
Top