0
गोल्डेन न्यूज संवाददाता
नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजना गरेको अन्तर उच्च मावि वक्तृत्वकला प्रतियोगितामा छात्राहरुले उत्कृष्टता हासिल गरेका छन् । प्रतियोगितामा लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा सगरमाथा उच्च माविकी मुस्कान झा प्रथम भईन् । त्यस्तै मदरल्याण्ड उच्च माविकी प्रकृति सुवेदी द्वितीय तथा सगरमाथा उच्च माविकी कृतिका कंडेल र जनप्रिय उच्च माविकी रविना घिमिरे तृतीय भए । प्रतियोगितामा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रो हुनेले जनही दुई हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बम, अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र बहादुर पोखरेल लगायतले विजेता बिद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा पोखराका विभिन्न १२ बिद्यालयका १३ छात्राछात्राले सहभागिता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बमले लागू औषध प्रयोगकर्ताहरु बढी युवा विद्यार्थीनै भएकाले बिद्यार्थीले स्वयं सचेतना जगाउनुपर्ने खाचो औल्याए ।





Post a Comment

 
Top