0
गोल्डेन न्यूज संवाददाता
पैसा तिररे जग्गा लिएपनि समयमै आवश्यक काजपत्रहरु हातमा नपर्दा लेखनाथको जग्गामा विवाद देखिएको छ । करिब १५ बर्षअघि सरकारी स्वामित्वको ग्रामीण आवास कम्पनीसंग रकम तिरेर अस्थायी दर्ता प्रमाण पूर्जा लिएर बसेकी पाल्पा तानसेन ननगरपालिका–२ की प्रेमकुमारी शाहीलाई अहिले टाउको दुखाई भएको छ । उमेरले ७९ बर्ष पुग्यो तर समयमै आफूले कम्पनीसंग किनेको उक्त जग्गा हाल छोराहरुले विक्री गर्न खोज्दा एकाएक अर्को व्यक्तिको नाममा दर्ता भएको देखिएपछि शाहीलाई मात्र होईन उनको परिवार अचम्म परेको छ ।
पाल्पा तानसेन–५ का केशवमान बज्राचार्यले कम्पनीबाट खरिद गरी लेखनाथ नगरपालिका वडा नम्बर २ मा रहेको ‘क’ श्रेणीको प्लट नम्बर ५ को साँढे ४ आना जग्गा २०५७ असोज ८ गते २ लाख ७० हजारमा साईलाई विक्री गरेको बुझिन्छ । पैसा बुझाएर अस्थायी दर्ता प्रमाण पूर्जा लिएका जग्गा धनीलाई थाहा नदिई किर्ते ठगी गरी जग्गा बिक्री गरेको साईका छोरा राज साईले बिहीवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका हुन् । कम्पनीका तत्कालीन महाप्रबन्धक कृष्णदेव चौधरी, जग्गा किन्ने लेखनाथ–३ की हिमादेवी रानाभाट र मालपोत कार्यालय कास्कीका कर्मचारीको मिलेमतोमा जग्गा बिक्री भएको राज साईले आरोप लगाएर जग्गाधनी शाहीले आफूलाई थाहा नै नदिई किर्ते गरी जग्गा बिक्री भएकोले जग्गा फिर्ता पाउँ भनि प्रहरीमा जाहेरी दिएको बताएकी छन् भने जाहेरीमा जग्गा फिर्ता गरी दोषीलाई कारबाहीको माग गरिएको छ । उजुरीमा हिमादेवी रानाभाटसँग जग्गा किनेर उक्त जग्गामा घर बनाएका मानकाजी थापालाई पनि विपक्षी बनाइएको छ । शाहीले आवास कम्पनीसँग किनेकोे उक्त जग्गा २०६७ साल मंसिर ८ गते हिमादेवी रानाभाटको नाममा सरेको राजले जनाएर हिमादेवीले उक्त जग्गालाई २०६७ साल फागुन ५ गते मानकाजीलाई बिक्री गरेकी छन् ।
हिमादेवीले अस्थायी निस्सा लिएको वा जग्गाको मूल्य ३ लाख रुपैयाँ तिरेको कुनै प्रमाण ग्रामिण आवास कम्पनीमा नभएको प्रेमकुमारीका छोरा राज शाहीको भनाईछ । चौधरी र हिमादेवीका श्रीमान नेपालहरि रानाभाटको मिलोमतोमा पत्र तयार पारिएको शाहीले दाबी गरेका छन् । अस्थायी निस्सा लिएकी शाहीले गत वैशाखमा जग्गा बिक्री गर्न खोजेर लालपूर्जा बनाइदिन आवास कम्पनी जाँदा आलटाल गरेपछि मालपोत कार्यालय कास्कीमा बुझ्दा जग्गा अर्कैको नाममा बिक्री भएको खुन्न आएको समाचार पाटी अनलाइनले उल्लेख गरेको छ । समाचारपाटीका अनुसार आवास कम्पनी प्रतिनिधिको रोहवरमा मालपोत कार्यालय कास्कीले लालपूर्जा दिने र अस्थायी प्रमाणपत्रहरु रद्ध गर्ने नियम भएपनि अरु कुनै प्रमाण नहेरी तत्कालीन प्रबन्धक चौधरीले हस्तारक्षर गरेको पत्रका आधारमै हिमादेवीलाई मालपोतले जग्गा पास गरिदिएको छ ।
चौधरीले हस्ताक्षर गरेको पत्रमा आवास व्यवस्थापनले उनलाई नै प्रतिनिधि तोकेको उल्लेख छ । राजका अनुसार उक्त जग्गाको मूल्य हाल एक करोड ८ लाख रुपैयाँ पर्दछ । शाहीले प्रहरीमा जाहेरी दिएपछि हिमोदवीलाई बोलाएर सोधपुछ बाहेक अरु केही नभएको गुनासो गरेर उनले अख्तियार कार्यालयमा समेत उजुरी दिएको बताए । ग्रामीण आवास कम्पनीका महानिर्देशक दूधबहादुर गुरुङले कृर्ते डकुमेन्ट तयार पारेर जग्गा पास भएकोले यसमा संलग्न सवैलाई कारवाही हुनु पर्ने बताए । उनले भने–‘जग्गा जस्तो विषयमा कृर्ते काम गर्न हँुदैन, आफूले खनेको खाडलमा आफै पर्दैछन केही साथीहरु, यो सरासर वेमानी, फटाई भएको छ ।’ उनले भने–‘म जुम्ला र रोल्पामा जिल्ला शिक्षा अधिकारी हँुदै हाल मन्त्रालयमा उपसचिव पदमा भएकोले मैले कानून मिच्न मिल्छ, यदि कसैले जग्गाधनीको पूर्जा ल्याएको खण्डमा उचित क्षतिपूर्ति दिन म तयार छु ।’
अनावश्यक रुपमा दवाव दिन थालेकोले पुनः तनाव दिन लागे आफूले मुद्धा हाल्ने चेतावनी दिए । रानाभाटले कम्पनीका तत्कालिन महाप्रवन्धक कृष्णदेव चौधरीलाई नगद नै दिएको दाबी गरे । उनले भने–‘मलाई बैंक स्टेटमेन्छ चाहिन्छ, चेक लैजानुहोस भन्दा उनले हैन नगद दिनुहोस भनेर जिद्धी गरे पछि मैले पनि नगद दिएको हुँ, यसको साँची मालपोत कार्यालय पनि छ।’

Post a Comment

 
Top