0
गोल्डेन न्यूज संवाददाता
महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा आत्मीय जागरण केन्द्र पोखराले आयोजना गरेको शुभकामना आदनप्रदान तथा एकल महिला सम्मान कार्यक्रम वुधवार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका जेष्ठ सदस्य तथा सदस्यका आमाहरुका तर्फवाट १० जना एकल महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता सुष्मा पौडेल, अध्यक्ष नौलीश्री गुरुङ र सल्लाहकार संयोजक पार्वती पौडेलले सम्मानीत सदस्यहरुलाई  रातो सल तथा मायाको चिनोद्वारा सम्मान गरेका थिए । कार्यक्रमको उद्घाट गर्दै पौडेलले श्रिमान वित्दैमा घर परिवार आफन्त इष्टमित्र र छोराछोरी भएका महिलाहरुलाई एकल भन्नु त्यति सान्दर्भिक नहुने भन्दै रातो कपडा लगाउनु हुँदैन भन्ने गलत संस्कारलाई अत्य गर्नुपर्ने आवश्यकता औल्याइन् । संस्थाले तीजलाई भड्किलो रुपले नमनाई सृजनात्मक रुपले मनाएकोमा खुशी व्यक्त गर्दै आफ्नो हक अधिकार स्थापित गर्ने तथा क्षमता विकास गर्ने चाडका रुपमा मनाउनुपर्नेमा जोड दिइन् । संस्थाका सल्लाहकार तथा कँुवर टोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेलले संस्थाले एक वर्षको अवधिमा उल्लेख्य कार्य गर्न सफल भएकोमा खुसी व्यक्त गरिन् ।
 
त्यस्तै टोल विकास संस्था समन्वय समिति पोखरा ८का अध्यक्ष सारदा गिरीले तीजका नाउमा हुने विकृति विसंगतिहरुलाई अत्य गर्दै साधारण तरिकाले तीज मनाउनुपर्ने आवश्यकता औंल्याइन् । त्यस्तै आदर्शसमाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बाँस्तोलाले तीजलाई भड्किलो तरिकाले नमनाउन सवै नारीहरुलाई अनुरोध गरिन् । त्यस्तैगरि चेरिष्मा इम्पोरियमका प्रोपाइटर सीता बरालले उद्योग वाणिज्य संघमा सदस्यमा उमेद्वारी दिएको भन्दै सहयोगको लागि आह्वान गरिन् । त्यस्तै जाल्पादेवी महिला उद्यार संस्थाका अध्यक्ष पवित्रा केसीले महिला ससक्तिकरण गर्ने माध्यमका रुपमा तीजलाई मनाउनुपर्नेमा जोड दिइन् । त्यस्तै सल्लाहकार शान्ता आचार्यले संस्थाको सक्रियता वढ्दै गएको भन्दै आगामी दिनमा समेत सक्रियता वढाउन र सेवामा जुट्न अनुरोध गरेकि थिइन् । अध्यक्ष नौलीश्री गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एकता केसीले स्वागत मंतव्य व्यक्त गरेकि थिइन् भने कार्यक्रमको सञ्चालन सचिव शोभा आचार्यले गरेकी थिइन् ।




Post a Comment

 
Top