0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले आफूले स्पोन्सर गरेको क्लब लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीलाई चार्टर हस्तान्तरण गरेको छ । आफ्नो पाँचौ पदस्थापन तथा चार्टर नाइट कार्यक्रममा लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीलाई चार्टर हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा लायन्स क्लब सिर्जना चौतारीले स्पोन्सर गरेको अर्को क्लब लायन्स क्लब पोखरा युनिक चौतारीको उद्घाटन समेत गरिएको थियो । चार्टर ग्रहण गर्दै लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेले आफ्नो बार्षिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीमा विभिन्न क्षेत्रका २५ जना युवा आवद्ध रहेका छन् । क्लवको अध्यक्षमा सन्तोष घिमिरे, प्रथम उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, द्वितीय उपाध्यक्षमा ऋषिराम भण्डारी, सचिवमा विधान गौतम र कोषाध्यक्षमा टंक ढकाल रहेका छन् । यसैगरी सह–सचिवमा निर्मल सोती, सह–कोषाध्यक्षमा श्रीराम बराल, मेम्बरसिप चियर पर्सनमा राजाराम पौडेल, टेमरमा मोती पौडेल, टेल ट्वीस्टरमा महेश्वर रिमाल, पिआरओमा कृष्ण आचार्य, शिक्षा निर्देशकमा सागर बराल, वातावरण निर्देशकमा शंकर पाण्डे, स्वास्थ्य निर्देशकमा राजेश ढुङ्गाना र सञ्चार निर्देशकमा महेश बराललाई जिम्मेवारी  तोकिएको छ । क्लवले सामाजिक कार्यमा सक्रिय रुपमा कार्य गर्ने अध्यक्ष घिमिरेले बताए । सामाजिक कार्य अन्तर्गत भाद्र २४ गते स्याङ्गजाको मिर्मिमा पुगरे एक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने तय भइसकेको उनले जनाए । यसअघि क्लवले वृक्षारोपण कार्यक्रम समेत गरिसकेको छ ।


Post a Comment

 
Top