0
गोल्डेन न्यूज संवाददाता
लोक संस्कृति बचाऔं भन्ने मुल नाराका साथ आयोजना गरिएको मित्र राष्ट्र भारतको असाम राज्यबाट पोखरा आएका साहित्यकारहरुको सम्मानमा आयोजित स्वागत सांस्कृतिक एवं साहित्यिक कार्यक्रम पोखरामा सम्पन्न गरिएको छ । असम साहित्यिक सभाका अध्यक्ष डम्वर दाहालले हामी नेपाली भारतमा रहेपनि नेपालको माटोलाई कहिल्यै नभुल्ने बताउँदै दुई देशबीच सम्बन्ध सधंै राम्रो रहनेमा जोड दिए ।  पोखरा साहित्यको उर्वरभूमि भएको बताउँदै असमबाट पोखरा साहित्यिक थलो हेर्न आएको उनले बताए । कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीले पोखरा साहित्यको राजधानी भएको स्मरण गर्दै यस क्षेत्रलाई साहित्य नगरीका रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले साहित्यिक गतिविधिका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा असम साहित्कार हरी गजुरेल, दुर्गा खतिवडा,चन्द्र लुईटेल, रुद्र ढुङेल,हेमन्त भटराई, कृष्ण क्षेत्री, उत्तम प्रधान, अर्जुन अधिकारी, दिपक समिप, नारायण बाँस्तोला, सुरज उपाध्याय, दुर्गा बहादुर शाह वावा र पदमराज ढकाल लगायतले कविता बाचन गरेका थिए ।  हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अलिमियाँ लोक बाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले स्वागत गरेको कार्यक्रममा पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा पोखरामा रहेका हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, अलिमियाँ लोक बाङमय प्रतिष्ठान, संगीत प्रशिक्षण केन्द्र, लेखनाथ साहित्य प्रतिष्ठान,हरिदेवी कोइराला साहित्य संगीत प्रतिष्ठान, कस्केली अधिकृत समाज, अनुशिलन कला पाठशाला, सप्तरङी सांस्कृतिक प्रतिष्ठान, विन्ध्वासिनी धार्मिक क्षेत्र संरक्षण समिति, तराना म्यूजिक सेन्टर, कल्याण शेरचन स्मृति प्रतिष्ठान, गुरुकुल संगित प्रशिक्षण केन्द्र, अनुपम म्यूजिक पोखरा, जोजिजु म्यूजिक सेन्टर, झीगुं भाय ः झीगुं सांस्कृतिक पुच ः, हेमराज पहारी स्मृति प्रतिष्ठान झलकमान गन्र्धव लोक वाजा सारङी संरक्षण पाठशाला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की लगायतका संघ–संस्थाको उपस्थिति रहेको थियो ।



Post a Comment

 
Top