गोल्डेन न्यूज संवाददाता
आफ्नो तीज गीतका पारखी श्रोता तथा दर्शकलाई वर्षेनी तीज गीतमार्फत अलग्गै प्यास मेटाउँदै आएका प्रसिद्ध गीतकार सुमन श्रापितको रचनामा यो वर्ष पनि तीज गीत ‘खद्दरको सारी’ बजारमा आएको छ ।
केटा ः काठमाडौ बटौली कुन चाँही बजारको
तीजैमा सारी ल्याई दिन्छु प्यारी लाउने हो भन कति हजारको ।
केटी ः ल्याइदिए हुन्छ जुन चाँही बजारको
मायाले दिए चाँहिदैन महङ्गो भए नि हुन्छ सारी खद्दारको । यस्तो शालिन शब्दमा दोहोरी वार्तालाप रहेको यस तीज गीतले महङ्गो सारी हैन खद्दरको सारी लगाएर तीज मनाऔं भन्ने सन्देश दिएको छ । धनबहादुर गुरुङ र राधिका हमालको स्वर र बिबि अनुरागीको संगीत रहेको यस गीतको भिडियो निर्देशन शंकर बिसीले गरेका छन् । सम्झना बुढाथोकी र धनबहादुर गुरुङको मोडलिङमा बनेको यो गीत यूट्यूवमा पनि हेर्न सकिन्छ । यसअघि श्रापितका अन्जु पन्त र स्वरुपा रसाइलीको स्वरमा ‘यसपालीको तीज आहा कति रमाइलो’, सुनिता दुलालको स्वरमा ‘सधैं तीजमा ब्रत बस्छु’,स्वरुपा रसाइलीको स्वरमा रहेको ‘छमछम छमछम नाचम छमछम’, देविका बन्दनाको स्वरमा ‘फुरुक्कै परे बरिलै’, कल्पना गौतमको स्वरमा रहेको ‘गिनिज बुकमा नाम लेखाम’ र ओई हेरन सङ्गी हो कस्ती भाछु खोई’ आदि तीज गीतहरु नेपाली सङ्गीत बजारमा चर्चित बनिसकेका छन् । तीज गीतमात्रै नभएर लोक, पप, आधुनिक, गजल, फिल्मका गीत लेखनमा पनि उत्तिकै माहिर सुमन श्रापितका सय भन्दा बढी गीत रेकर्ड भएका छन् ।

Post a Comment