0
गोल्डेन न्यूज संवाददाता
असोज दोस्रो साता पोखरामा हुन लागेको पहिलो मिस्टर एण्ड मिस पोखरा आइकनको विजेताले जनही ५० हजार रुपैयाँ सहित एक साता बैंकक टुरको अबसर पाउने भएको छ । आयोजक ओसिस इन्टरटेन्टमेण्ट प्रालिले बुधवार पोखरामा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार असोज ११ गते हुने फाईनल प्रतिस्पर्धाको विजेता एक युवा र एक युवतीले ताजको साथमा जनही ५० हजार रुपैया, एक साताको थाइल्याण्ड टुरको साथै निःशुल्क आईईएलटिएस कोर्सको अबसर प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि अडिसन चलिरहेको र एक महिने कक्षापछि अन्तिम प्रतिस्पर्धामा उतारिने आयोजक संस्थाकी निर्देशक पुष्पा गुरुङले जानकारी दिईन् । इभेन्टको विजेतालाई थाइल्याण्ड टुरको स्पोन्सर एस ट्राभल्स काठमाडौंले गर्ने आयोजकले जनाएको छ ।
यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १५ महिला र १५ पुरुषलाई उतारिनेछ । प्रतिश्पर्धिको लागि उमेद हद १६ देखि २३ बर्ष कायम गरिएको छ भने एसएलसी पास भएकाहरुले सहभागिता जनाउन सक्ने बताइएको छ ।







Post a Comment

 
Top