0
गोल्डेन न्यूज संवाददाता
पत्रकार ऋषि धमलाले मोडलिङ् क्षेत्रलाई प्रवद्र्धन एवम् संरक्षणका लागि आफूले पत्रकारिताको माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरामा नेपाल मोडल प्रा.लि.ले आयोजना गरेको ‘मोडल्स ब्याटल’ नामक प्रतियोगिताको उद्घाटन गर्दै पत्रकार धमलाले भने,–‘मोडलिङ् क्षेत्रको दायरालाई फराकिलो बनाउन म आफ्नो तर्फबाट व्यापक सहयोग गर्छु, यो पेशालाई साँच्चिकै व्यवसायिक बनाउनुपर्छ भन्ने मान्यतामा छु ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार धमलाले पछिल्लो समय मोडलिङको क्रेज अत्यधिक बढेको उल्लेख गर्दै भने,–‘व्युटि विथ बे्रन भएकाहरुले समाज परिवर्तनका लागि योगदान दिन सक्ने भएकाले मोडलिङलाई साँच्चिकै सबै क्षेत्रबाट साथ र सहयोग रहनुपर्छ ।’ उनले मोडलिङमा लाग्नेहरुको सुसुगठित शारीरिक बनावट र सुन्दरताका साथै लगनशिलता, अध्ययनशिलता र दरिलो आत्मविश्वास लगायतका गुणहरु हुनुपर्ने धारणा राखे । हरेक मान्छेमा सफलताको कुनै न कुनै गुण हुने उल्लेख गर्दै धमलाले भने–‘यो क्षेत्रमा लाग्न चाहानेहरुले पनि आफ्नो कला, सौन्दर्यता र व्यक्तित्वलाई निखार्दै अघि बढ्नुपर्छ, एक दिन सफल हुनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’ मोडलिङमा आवद्ध हुनेहरुले समाज र राष्ट्रको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको धमलाको भनाई थियो । आयोजक संस्था प्रालिका प्रबन्धक जय गिरीका अनुसार उक्त प्रतियोगितामा ७० जनाले भाग लिएका छन् । जसमध्ये ३० युवा र ४० युवतीहरु रहेका छन् । संस्थाका कार्यकारी प्रमुख जनार्दन लामिछानेका अनुसार युवाहरुमा अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट आफ्नो कला, सीप र क्षमताको विकास गर्दै ग्ल्यामरतालाई विश्वमा चिनाउने यो प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताएका थिए । प्रतियोगितको जुरुमा चर्चित नायिका करिश्मा मानन्धर, प्रालिका अध्यक्ष जीपी तिमिल्सिना, सन्दिप क्षेत्री र नेत्र गुरुङ जर्जकारुपमा रहेका छन् । अनिता भूजेल र अनिता कोइरालाको संयुक्त संचालनमा रहेको प्रतियोगितामा टेक्निकल तथा प्रमोशनल डाइरेक्टर सागर ढकालले १८ वर्षदेखि २८ वर्षसम्मका युवायुवतीले भागलिन सक्ने बताएका छन् । व्याटल किङ र व्याटल क्वीन छानिने ‘मोडल्स ब्याटल’ का सहभागिलाई नगद  ५० हजार रुपैयाँ सहित म्युजिक भिडियो, सेल्फ व्रान्डिङ, फिल्म तथा टेलिफिल्म खेल्नेसम्मको सुविधा प्रदान गरिने जनरल म्यानेजर जय गिरीले जानकारी दिए । बिहीवार सुरु भएको अडिसन राउण्डमा उत्साहजनक सहभागिताको कारण समय अभाव भएपछि प्रालिले पुनः भदौ २५ गते नमस्ते नान्दोज (एरो प्लेन) रेष्टुरेण्ट लेकसाइडमा गरिने आयोजकले जनाएको छ । पोखराको गौरव र पहिचान भन्दै आयोजना गरिएको कार्यक्रममा पर्वत, वाग्लुङ, स्याङ्जा, तनहुँ, गोरखासम्मका युवा–युवतिहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । 

Post a Comment

 
Top