0
गोल्डेन न्यूज संवाददाता
 कास्की जिल्लाको पुम्दीभुम्दी गाउँमा रहेको कालावाङ घरेडी होमस्टेका संचालकहरुलाई ३ दिने कुकिङ तथा हाउस किपिङ तालिम दिइएको छ ।
तालिममा प्रमुख प्रशिक्षक अजित कुमार आचार्यले पाहुना कोठाको सरसफाई र सजावटसहित स्थानीय सामाग्रीहरुकै प्रयोग गरेर स्वदेशी तथा विदेशी खानाका परिकारहरु बनाउने प्रशिक्षण दिएका थिए ।  सो अवसरमा कोदोको सेलरोटी, चिकन सुप, प्यान केक, भेज फिस, फिस फ्राइ, कावारोल, मटन करी, पिज्जा, भरेको करेला, फर्सी सुप, क्रिम क्यारामेल, चिकन कटलेट, रमपन्च जुस, लगायतका परिकारहरु बनाउन सिकाइएको थियो ।  यसअघि तालिमको शुभारम्भ गर्दै फोरम कास्कीका अध्यक्ष तिलक थापाले आफ्नो घर आएका पाहुनालाई सफा ठाउँमा राखेर मिठो र स्वस्थकर खानाका परिकार सहित सेवा दिनु होमस्टे संचालकहरुको दायित्व भएको बताए । उनले गाउँमै उत्पादित अर्गानिक खाना खान पाइन्छ भनेर शहर बजारका मान्छे गाउँमा होमस्टे बस्न आउने हुन्, त्यसैले तपाईहरुले खानाका परिकार बनाउँदा गाउँमा पाइने सामाग्रीहरुलाई जोड दिन होमस्टे संचालकहरुलाई आग्रह गर । कालावाङ घरेडी होमस्टेका सदस्यहरु सहित उक्त गाउँका अन्य महिलाहरु समेतको सक्रिय सहभागिता रहेको तालिममा डिल्लीराम पौडेल, निर्मला गुरुङ्ग, चन्द्र कुमारी विक, बुद्धिमाया पौडेल, प्रकाश गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए । तालिम उद्घाटन तथा समापन सत्रको संचालन सचिव याम बहादुर गुरुङ्गले गरेका थिए भने कार्यक्रम राज बहादुर गुरुङ्गको अध्यक्षतामा भएको थियो ।





Post a Comment

 
Top