0
गोल्डेन न्यूज संवाददाता
पार्टी विभाजन पछाडि लामो समयको अन्तरालमा पहिलो पटक नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अधिवेशन हुँदै छ । अधिवेशन सफल गराउन पार्टीले कार्यदल समेत गठन गरेको अवस्थामा विवादित जिल्लाहरू मिलाई अधिवेशन जुनसुकै हालतमा गर्ने बुझिएको छ । विवादित जिल्लाहरू अन्तर्गत रहेको नेविसंघ कास्की भने नेतृत्वलाई यथावत राखेर प्रतिनिधिमा सहमति भई महाधिवेशनमा भाग लिने पक्का–पक्की भएको छ ।
कास्कीको प्रतिनिधि विवाद टुङ्गिए लगत्तै सबैभन्दा सानो उमेरका २२ बर्षीय दिनेश शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पारिवारिक पृष्ठभूमि कम्यूनिष्ट भएतापनि लामो समयदेखि परिवारबाट अलग रहेर पोखरामा विद्यार्थी राजनीति क्षेत्रमा उदाएका शर्मा जनप्रिय क्याम्पस हुँदै पृथ्वीनारायण क्याम्पस सम्मको निरन्तर नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशिल रहँदै आएका छन् । लामोसमयदेखि हुन लागेको महाधिवेशनमा उमेर अन्तरलाई तोडी वास्तविक विद्यार्थीहरूको प्रतिनिधित्व को निम्ति आफूले उम्मेदवारी दिएको उनले बताए । महाधिवेशन यही साउन २३, २४ र २५ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।


Post a Comment

 
Top