0
गोल्डेन न्यूज संवाददाता
दुर्लभ प्रजातीका बिषालु राज गोमन (किङ कोब्रा) सर्पलाई पोखराको रानी बनको जङ्गलमा छाडीएको छ । पोखराको फेवाताल पारी रहेको फिष्टेल लज परिसरमा २ दिन अगाडि गुणमा १९ वटा अण्डासहित फेला परेको बिषालु सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिएको हो । जिल्ला वन कार्यालयमा कास्कीले नियन्त्रणमा लिएको सोे किङ कोब्रालाई होटल परिसरको बाटोको ढुङ्गाको छपनी मुनी रहेको थियो । सो सर्पलाई नियन्त्रणमा नलिएको भए ठूलो दुर्घटना हुन सक्ने खतरा भएपछि नियन्त्रणमा लिएको बताए । उद्धार गरिएका अण्डा र राज गोमन सर्प रानी वनमै छाडिएको छ । पोखरामा दुई बर्षको अवधिमा पाँच बिशालु राज गोमन भेटिएका छन् । यहाँको बगर स्थित शंकरटोल, शान्ति नगर चोक, कमल पोखरी, दाङसिङ र फेवाताल पारि रहेको फिष्टेल लजमा बिश्वकै सबैभन्दा बढि विशालु राज गोमन भेटिएको हो । किङकोब्रा जातको सर्प निकै बिषालु हुने र नेपालमा औषधि नै नपाइने सर्पको उद्धार गर्दै आएका संरक्षण कर्मी महेन्द्र कतिलालै दावी गरे । यो प्रजातिको सर्पको मुख्या आहारा नै अन्य प्रजातिको सर्प भएकोले यो सर्प भएको वरपर अन्य प्रजातिका सर्प कममात्रामा पाइने उनले जानकारी दिए। यस प्रजातिको सर्पले मात्र चराको झै गुण लगाएर ओथारो बसेर बच्चा पार्ने गरेको छ । यसको बच्चा जन्मँदै ५० सेन्टिमिटरको हुने बताइन्छ । नेपालको तराईदेखि समुद्री सतहबाट ३५ सय मिटर उचाईसम्म यो प्रजातिको सर्प पाइने बताए ।







Post a Comment

 
Top