0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगर पालिका वडा न ७ र ९ को सीमानादेखि घारीपाटन मितेरी पुलसम्म नाली निर्माण गर्न गठित उपभोक्ता समितिको संयोजकमा प्रकाश घर्ती भुजेल चयन भएका छन् । सोमबार भएको भेलाले भुजेलको अध्यक्षतामा समिति गठन गरेको हो । यस आर्थिक बर्ष २०७३÷ ०७४को जगेडा कोषबाट चालिस लाख रुपैयाँको योजनामा नाली निर्माण थालिने भएको हो । समितिको उपाध्यक्षमा श्रीमाया घताने, सचिवमा गणेश श्रेष्ठ, कोषाध्यक्षमा, रुद्रनाथ अधिकारी रहेका छन् । सदस्यहरुमा घनाश्याम लामिछाने, बुद्धि लामघाते, लाोकमाया थापा, पुतली अधिकारी, र चित्रबहादुर नेपाली रहेका छन् । पोखराको बसपार्कदेखि आउने वार्षादको भललाई व्यवस्थापन गर्न सो समिति गठन भएको जानकारी प्राप्त भएको छ । त्यस क्षेत्रमा रहेको प्रगति टोल विकास संस्था, तिनकुने टोल विकास संस्था, राधाकृष्ण मार्ग टोल विकास संस्था, प्रगति नगर टोल विकास संस्था र घारीपाटन टोल विकास संस्था, अरुणोदय युवा क्लब र घारीपाटन आमा समुहमा आवद्ध व्यक्तिहरुको भेलाले भुजेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो । भेलामा उक्त वडा अन्तगर्तको पाँच वटा टोल विकास संस्थाकी संयोजक प्रभा पन्त, युवा क्लबका अध्यक्ष लगायतले आ–आप्mनो भनाइ राखेका थिए ।  







Post a Comment

 
Top