0
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वडा नम्बर ११ र एमाले वडा नम्बर ११ को संयुक्त आयोजनमा मंगलबार पोखरामा सम्पन्न भएको तीज गीत प्रतियोगितामा हेमजाको कामधेनु आमा समूह प्रथम भएको छ । प्रतियोगीतामा हेमजाकै दिदी वहिनी आमा समूह दोस्रो भयो भने अम्मरसिंह नमूना उच्च माविको दृष्टिविहीन विद्यार्थीको समूह तेश्रो भयो । कन्या क्याम्पस र कालिका आमा समूह सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विजेतालाई नगद १० हजार, उपविजेतालाई ७ हजार र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष मिठु गुरुङले बताईन । सांसद सिता गिरी ओलीले प्रतियोगीताको उद्घाटन गर्दै महिलाहरु अब हरेक क्षेत्रमा आफ्नो अधिकार खोज्न सक्ने गरी अघि सर्न आग्रह गरिन । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले अझै पनि धेरै महिलाहरुलाई घर बाहिर ल्याउनको लागि महिला सशक्तिकरण गर्न आवश्यक भएको बताए । जिफन्ट गण्डकी धौलागिरीका अध्यक्ष मीना गुरुङले समय अनुसार महिलाहरु परिवर्तन हुँदै आफ्ना संस्कृतिक चाड पर्वहरुको मर्म अनुसार मनाउनु पर्ने बताईन । संघका अध्यक्ष गुरुङ र एमाले वडा नम्बर ११ का अध्यक्ष तुलाराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा मुख्य प्रायोजक गोर्खा एण्ड वराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिका हरी धमला, एमाले नेता धुव्र पराजुली,  प्रतियोगीताका संयोजक निर्मला सुवेदी, सौन्दयकर्मी संगीता पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा शंकर विरही गुरुङ सहितका कलाकारले गीत प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top