0
गोल्डेन न्यूज संवाददाता
मानव वेचविखन विरुद्धको १०औंैं राष्ट्रिय दिवसको अवसरमा कास्की जिल्लाभर विभिन्न कार्यक्रम हुँदैछ । महिला तथा बालबालिका कार्यालय कास्कीले विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्न लागेको हो । ‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाईने दिवसका लागि अहिल्यैदेखि तयारी थालिएको कार्यालयकी प्रमुख तथा दिवस आयोजक समितिकी संयोजक लक्ष्मी जिसीले जानकारी दिईन् । दिवसलाई लक्षित गरी मानव बेचविखन विरुद्धका पर्चा पम्प्लेटिङ, बेचविखन विरुद्ध तिज गित प्रतियोगिता, डान्स बारका संचालक तथा ब्यवस्थापकहरुसँग अन्तत्र्रिmया लगायतका कार्यक्रम हुनेछन् । दिवस सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । दिवसको दिन सञ्चालन हुने तीज गीत प्रतियोगिताको संयोजन थ्री एञ्जल रेडियोले गर्नेछ भने ब्रोसर छपाईको जिम्मा जिल्ला विकास समिति कास्की र कोपिला नेपालले लिएका छन् । यस्तै मिडिया प्रचारको जिम्मेवारी पत्रकार प्रकाश ढकाललाई दिईएको छ । दोहोरी साँझ, स्पा, मसाज सेण्टर, डान्स बार जस्ता क्षेत्रमा बढी मानव बेचविखन हुने गरेको गुनासो बढेको भन्दै यो बर्ष डान्स बारका सञ्चालक र ब्यवस्थापकलाई सचेत बनाईनेछ । यसको जिम्मेवारी भने जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको छ । अघिल्ला बर्षहरुमा दोहोरी साँझ र मसाज सेण्टरमा कार्यक्रम गरिएकाले केही सुधार भएको छ, मूल आयोजक समितिकी संयोजक जिसीले भनिन्–यो बर्ष डान्स बारमा कार्यक्रम गर्नेछौ, उनीहरुलाई यस सम्बन्धि पछिल्लो कानून र सर्वोच्च अदालतका आदेशहरुका बिषयमा जानकारी गराईने छ । यस बाहेक सिविनले पनि भदौ ११ गते हेमजामा मानव बेचविखन विरुद्धको अन्तत्र्रिmया कार्यक्रम गर्दैछ भने तालिम तथा सडक नाटक समेत हुनेछ ।
 
बुधबार एक कार्यक्रम गरी दिवस मनाउने बिषयमा निर्णय भएको हो । कार्यक्रमका सहभागीहरुले देशको कानुन एक आपसमा बाझिएकाले कार्बाही गर्न समस्या भएको बताए । स्पाको नाममा ब्यवसाय दर्ता गरेर मसाज सेण्टर सञ्चालन भैरहेको छ, उनीहरुले भने–तर कारबाही कसैले गर्दैनन्, अनुगमन भएको छैन, यसको जिम्मेवारी कसले लिन्छ ? बनेका ऐन कानून पनि कार्यान्वयनमा आउन नसकेको अधिवक्ता भुवन पराजुलीले बताईन् । दण्ड सजायका बिषयमा स्पष्ट ब्यवस्था नभएका कारण कार्बाहीको दायरामा ल्याउन कठिनाई हुने गरेको उनको अनुभव छ । उनले बैदेशिक रोजगारीमा गएका महिलाहरु बढी बेचविखनमा परेका भन्दै देशमै रोजगारी सिर्जना गर्ने र महिलाहरुलाई सीप सिकाउने तर्फ जोड दिनुपर्ने बताईन् ।
कार्यक्रमका सहभागीहरुले समस्या आएपछि समाधान गर्ने भन्दा समस्याको जरो पत्ता लगाउनुपर्नेमा जोड दिए । नेपाल सरकारले चालू बर्ष्भित्रै पोखरामा महिला पुनःस्थापना केन्द्र समेत निर्माण गर्ने तयारी गरिरहेको छ । बेचविखनमा परेका महिलाहरु लाई तत्काल उद्धार गरेर राख्नका लागि पुनःस्थापना केन्द्र निर्माण गर्न लागिएको हो । त्यसका लागि आवश्यक भवन निर्माणको काम चालू बर्षदेखि नै सुरु हुने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।



Post a Comment

 
Top