0
गोल्डेन न्यूज संवाददाता
नेपाल–भारत मैत्री विद्यालय पोखराले अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न ग¥यो । विद्यार्थीहरुमा आफ्ना विचारहरु समूहमा व्यक्त गर्न सक्ने वक्तृत्वकलाको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न १७ वटा विद्यालयहरुको सहभागिताका साथ अत्यन्त प्रतिस्पर्धात्मक थियो प्रतियोगितामा गत वर्ष जम्मा १४ वटा विद्यालयहरु सहभागी भए । “सामाजिक संजालले हामीलाई असामाजिक अर्थात समाज विरोधी बनाएको छ”–भन्ने विषयको पक्ष विपक्षमा बोल्दै विद्यार्थीहरुले आ–आफ्ना गहकिला विचारहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा 

पोखरा किन्डर होम्सका प्रिन्सिपल मिलन केसी र मनिपाल शिक्षण अस्पतालकी के.पद्यमालथा रावले निर्णायकको भूमिका निर्वाह गरेकी थिएकी थिइन । प्रतियोगितामा सहभागीहरु मध्ये वादविवाद प्रतियोगिताको पक्षमा बोल्दै गण्डकी आवासीय विद्यालय, लामाचौरकी छात्रा आरती थापा, सेन्टमेरी उच्च मा.वि. रामबजारकी छात्रा स्मृति क्षेत्री र एस.ओ.एस. हर्मान उमावि रामबजारकी छात्रा अञ्चल सुनुवार क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए भने  प्रतियोगिताको विपक्षमा बोल्दै सेन्टमेरिज उच्च मा.वि. रामबजारकी छात्रा करुणा पहारी, गण्डकी आवासीय विद्यालय, लामाचौरका छात्र अन्नपूर्ण बाँस्तोला र नेपाल भारत मैत्री विद्यालयकी छात्रा फ्राइदा थाओसेन क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।  प्रतियोतिामा बहुआयामिक प्रतिभाको प्रथम पुरस्कार गण्डकी आवसीय विद्यालयले प्राप्त गर्न सफल भएको थियो भने सेन्टमेरिज उच्च मा.वि. र शिशु निकेतन उच्च मा.वि. क्रमशः दोस्रो र तेस्रो पुरस्कार हात पार्न सफल भएका थिए । कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका रक्षा सहचारी कर्नल मनराज सिंह मानले स्वच्छ प्रतियोगिताको सह्राना गर्दै  विद्यालयका शिक्षक तथा सहभागी विद्यार्थीहरुलाई धन्यवाद प्रकट गरे। उनले सामाजिक संजालको फाइदा तथा बेफाइदा दुबै भएकोले बुद्धिमतापूर्वक यसको उपयोग गर्नुपर्ने भन्दै वालबालिकालाई सहि मार्गदर्शन गर्न शिक्षक तथा अविभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताए । नेपाल–भारत मैत्री विद्यालयकी प्रमुख छात्रा नितु कुसुवाले संचालन गरेको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल मृतुन्जय सिंहले धन्यवाद ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top