0
गोल्डेन न्यूज संवाददाता
 पृथ्वीराजमार्ग बस सञ्चालक समितिले भक्तपुरको सूर्यबिनायक बाट पोखरा र पोखराबाट भक्तपुरका लागि बस सेवा सञ्चालनमा ल्याएको छ ।
मंगलबारदेखि सुरु भएको बस सेवाको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले उद्घाटन गरे । बस सेवाको उद्घाटन गर्दै अध्यक्ष साईले भक्तपुर क्षेत्रमा रहेका यात्रुहरुको सुविधालाई मध्येनजर गर्दै पोखरा जाने यात्रुहरुलाई सहज होस भनेर दैनिक बस सेवा सञ्चालनमा ल्याएको बताए ।
भक्तपुरको सूर्य बिनायकबाट पोखराका लागि एसी सहितको डिलक्स बसले बिहान साढे ६ बजे पोखराका लागि छुट्ने र सोही समयमानै पोखराबाट भक्तपुरका लागि बस छुट्ने समेत अध्यक्ष साईले बताए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले छिट्टै नै काभ्रेको धुलिखेलबाट पनि पर्यटकीय शहर पोखराका लागि बस सञ्चालनमा ल्याउने समेत अध्यक्ष साइले बताए । यसअघि काठमाडांैंको कोटेश्वर, बौद्ध, नयाँ बसपार्क लगायतका क्षेत्रबाट पोखराका लागि पृथ्वीराजमार्ग बस सञ्चालक समितिले बस सेवा सञ्चालनमा ल्याइसकेको छ ।  मंगलबार आयोजित समारोहमा भक्तपुरका समाजसेवीहरुले भक्तपुरबाट पर्यटकीय शहर पोखराका लागि सिधा बस सेवा सञ्चालन गरेर भक्तपुर वासीलाई सेवा प्रदान गरेकोमा खुसी देखिन्थे । सो समारोहमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका क्षेत्रीय सदस्य खुमबहादुर थापा इश्वर, कार्यसमिति सदस्य रमेश श्रेष्ठ तथा भक्तपुरका समाजसेवीहरुको उल्लेख्य सहभागिता जनाएका थिए ।

Post a Comment

 
Top