0
गोल्डेन न्यूज संवाददाता
वर्डप्रेसको बारेमा जानकारी दिने उद्देश्यले पोखरामा वोर्डप्रेस अगष्ट पोखरा मिट अप पोखरा सम्पन्न भएको छ । वोर्डप्रेस मिट अप विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रियको कार्यक्रम हो । सन् २०१२ देखि वोर्डप्रेसका प्रयोगकर्ता तथा सफ्टवेयर विकास कर्ताहरुको समूह, वर्डप्रेस नेपालद्वारा नेपालमा वोर्डप्रेस मिट अप तथा वर्ड क्याम्प आयोजना गर्दै आएको छ ।  हाल विश्व भरिमा ४ मध्ये १वेबसाईटहरु वर्डप्रेसबाट चल्छन् भने इन्टरनेटका २५ प्रतिशत वेबसाईटहरु वर्डप्रेसबाटै सन्चालन हुने गरेका छन् । कार्यक्रमकोमा करियर इन वर्डप्रेसर कमिन्युटीमा वर्डप्रेस नेपालका संयोजक सुभाष खड्काले सहजीकरण गरेका थिए । उनले वर्डप्रेसमा कसरी करियर अगाडी वढाउन सकिन्छ, किन विश्व बजारमा वर्डप्रेस चर्चित छ, वर्डप्रेस कमिन्युटीको मर्म के हो र यसले कसरी एक अर्कामा सहयोग दिन्छ भन्ने बारेमा जानकारी दिएका थिए । त्यसैगरि वर्डप्रेस कमिन्युटी एन्थु सियास्तका सचेत गुरुङ रवर्डप्रेस कमिन्युटी कै अर्का एन्थुसियास्त उमेश गुरुङले वर्डप्रेसका बारेमा जानकारी दिए । कार्यक्रमका आयोजक यामबहादुर क्षेत्री वोर्डप्रेस पोखरा अगष्ट मिट अप २०१६ पहिलो अफिसियल मिट अप भएको र आगामी दिनमा यी मिट प्रत्येक महिना हुने जानकारी दिए । वर्डप्रेस पोखरा, नेपाल कार्यक्रमका अर्का आयोजक महादेव सुबेदी कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।






Post a Comment

 
Top