0
रेष्टुरेण्ट एण्ड वार एशोसिएसन रेवान पोखराको आयोजनामा पोखरामा दुई दिने रेष्टुरेण्ट व्यबस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । रेष्टुरेण्टका संचालकहरुलाई लक्षित गरी आयोजना गरीएको तालिममा ३० जनाको सहभागिता रहेको महासचिव लक्ष्मण बरालले बताए । नेदरल्याण्डको पम संस्थाका सिनियर एक्सपोर्ट कोस औडहुसले प्रशिक्षण गराएका थिए । पोखरा आउने पर्यटकहरुलाई गुणस्तरीय तथा विभिन्न परिकारका खानाको स्वाद दिलाउने उद्देश्यले रेष्टुरेण्टका संचालकहरुलाई लक्षित गरी रेष्टुरेण्टको व्यबस्थापकीय पक्षलाई मजबुद पार्न पनि तालिमको आयोजना गरीएको रेवान पोखराका अध्यक्ष गोपि बहादुर भट्टराईले बताए । यसैबीच तालिमको मंगलबार एक समारोहका बीच नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका पर्यटन अधिकृत सूर्य थपलीयाले तालिम समापन गर्दै यस्ता तालिम आवश्यक भएको बताए । उनले  तालिममा सिकेका कुराहरु हरेक व्यवसायीहरुले लागू गर्न सके गुणस्तरीय खाना पर्यटकहरुलाई पस्कन सक्ने बताए ।  प्रशिक्षार्थी कुस भुजेल र सहारा पाण्डेले रेष्टुरेण्ट व्यबस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको व्यक्तिबाट धेरै कुरा सिक्ने अवसरमा पाएकोमा खुसि व्यक्त गरे । तालिमको समापन रेवान पोखराका अध्यक्ष भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top