0
गोल्डेन न्यूज संवाददाता
पोखराको जिरो किलोमिटरमा सोमबार ओली एण्ड एसोसिएट्सको शाखा कार्यालय संचालनमा आएको छ । अष्टे«लियामा मुख्य कार्यालय रहेको ओलि एण्ड एसोसिएट्सका प्रिन्सिपल भवानी ओलीले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो क्रममा उनले देशको सक्षम जनशक्ति विदेशीनेमात्र नभै विदेशमा गइ सीप सिकेर स्वदेशको विकास र उद्यमशीलतामा लाग्न युवाहरु लाग्नुपर्ने बताए । उनले विदेशमा सिकेको सीप देश विकास र उद्यमशीलतामा लगाउन सके विदेशिनुको पनि अर्थ रहने उल्लेख गरे । पोखरा मल्टिमोडलका प्रिन्सिपल कृष्ण केसी, कल्सल्ट्यान्सीको पोखरास्थित शाखा म्यानेजर तिलक लामिछाने लगायतले बोलेका थिए । यसैबीच, शाखा संचालनकै दिन ओलि एण्ड एसोसिएट्सले विद्यार्थीमाझ सेमिनार गरेको छ । सेमिनारमा वेष्टर्न सिड्नी युनिभर्सिटीका मार्केटिङ को–अर्डिनेटर इसिसले अष्टे«लियामा उच्चशिक्षाको अवसर, रोजगारको अवस्था, त्यहाँको वातावरणलगायत जानकारी दिइन् । अष्टे«लियामा भीसा प्रोसेस, अष्ट्रेलियामा भएका सम्भावना र चुनौतीबारे संस्थाका प्रिन्सिपल ओलीले जानकारी दिए । उक्त कल्सल्ट्यान्सीको काठमाडौस्थित कार्यालयका चिफ काउन्सिलर सुदर्शन शर्मा, पोखरा शाखाका ब्रान्च म्यानेजर तिलक लामिछाने, फेम इन्टेलका संचालक अर्जुन अधिकारीले बोलेका थिए । सेमिनारमा विभिन्न कलेजका झण्डै एक सय जना विद्यार्थीको सहभागिता थियो । उनीहरुको जिज्ञासा प्रिन्सिपल ओलीले मेटाएका थिए ।






Post a Comment

 
Top