0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्योगी÷व्यवसायीको मनोबल बढाउनु तथा व्यवसायिक हकहितको संरक्षण गर्नु नै संघको पहिलो काम भएको बताएका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको भ्रमणमा आएको त्रियुगा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल सँग  आइतबार भएको छलफल कार्यक्रममा बोल्दै उनले उद्योगी÷व्यवसायीको मनोबल गिराउने र मानमर्दन गर्ने प्रवृत्तिले उद्यमशीलताको विकास नहुने स्पष्ट पारे ।  पोखरा उद्योग वाणिज्य संघले वर्गीय हितको अलावा सामाजिक कार्यमा पनि अग्रणी भूमिका निभाउँदै आएको उल्लेख गर्दै उनले सामाजिक कामको अगुवाईलाई संघले निरन्तरता दिने बताए। विभिन्न उद्योग वाणिज्य संघहरुबीचको मजबुत आपसी सम्बन्ध र एउटै आवाजले मात्र निजी क्षेत्र बलियो बन्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै उदयपुर जिल्लामा रहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगतले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई कम आँक्न खोजे नेपाल उद्योग वाणिज्य महासंघ नै कमजोर हुने बताए । उनले उदयपुर चुनढुंगाको लागि प्रख्यात रहेको र अहिले आएर बेसार, बाख्रा र  बाँसलाई पनि जिल्ला चिनाउने उत्पादन बनाउन लागेको जानकारी दिए। पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीको धन्यवाद ज्ञापन र महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, महासचिव चुडामणि कार्की, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दामु अधिकारी लगायतले द्विपक्षयीय सम्बन्ध र उद्योगी÷व्यवसायीका समस्याहरुबारे आ–आफ्ना भनाइ राखेका थिए ।








Post a Comment

 
Top