0
युवराज चौलागाइँ
पछिल्लो समयमा पार्टी कार्यकर्ताहरु बिचार भन्दा बाहुबलमा र मुद्दा भन्दा मुद्रामा बढि केन्द्रीत हुन थालेपछि एमाले पार्टी स्कूल बिभागले सिलसिलेवार ढंगलेनै कक्षा संचालन गरेर प्रशिक्षण दिन थालेको छ । हालैका दिनमा युवा संघ र अनेरास्ववियुका केन्द्रीय पदाधिकारी तथा नेताहरुलाई बिभिन्न विषयमा स्कूल बिभागले पढाएर नयाँ शुरुवात गरेको छ । निश्चिय पनि यो सकारात्मक शुरुवात हो । तर यो कक्षा सन्चालनले मात्र हाम्रो व्यवहारलाई बिचारले नियन्त्रण गर्न सक्ला त ? सहभागीहरुबीचमै पनि यस्ता प्रश्न उठे । आज राजनीतिक दलका युवाहरुमा जुन बिचलन आइरहेको छ,यसलाई रोक्न एमालेले शुरुवात गरेको छ,,यसलाई हामीले निरन्तरता दिन सक्नुपर्छ । निश्चित सिद्धान्तका आधारमा निश्चित गन्तव्यमा पुग्ने साझा योजनासहित संगठित भएको समुह नै राजनीतिक दल वा पार्टी हो । नेकपा (एमाले) प्रगतिशिल पुँजीवाद, समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्य सहित अघि बढेको राजनीतिक पार्टी हो । प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्दै समाज रुपान्तरणका माध्यमबाट समाजवादी राज्य सत्ता र त्यसलाई थप परिस्कृत गर्दै वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्य अनुसार अघि बढेका पाइलाहरुलाई पुँजी समाजका छिऽहरुले यदाकदा पिरोल्न खोज्नु स्वभिावक नै हो । त्यसमा पनि द्वन्द्वात्मक भौतिकवादलाई मुलभूत मन्त्र मान्ने कम्युनिष्टहरुका लागि हरेक घट्नाक्रमलाई आलोचनात्मक दृष्टिकोणले हेर्ने सामथ्र्य पनि हुनु अत्यावश्यक छ ।
संगठन निरपेक्ष हुनै सक्दैन । सम्भावित जोखिमको सामना गर्न सक्ने संगठनको निर्माण आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । जबसम्म पुँजी केन्द्रमा रहन्छ तबसम्म समाजवाद आउँदैन र जबसम्म समाजवाद आउँदैन तब सम्म साम्यवाद निर्माणको आधार तयार हुँदैन् । समाजवाद निर्माणका लागि पुँजीको अपरिहार्यको अन्त्य गरिनुपर्छ । पुँजीवादले योग्यता अनुसारको काम, बाँच्न पुग्ने दामको वकालत गर्छ । समाजवादमा योग्यता अनुसारको काम अनि काम अनुसारको दाम पाइन्छ भने साम्यवादमा योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दामको व्यवस्था हुन्छ ।
हामीले प्रत्येक नागरिकलाई उसको योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दामको व्यवस्था निर्माण गर्न चाहेका हौं । त्यसका लागि प्रगतिशिल पुँजीवाद र सामाजिक न्यायसहितको राज्य व्यवस्था निर्माणको दिशामा अघि बढ्नु पर्छ । जबसम्म मुद्रा
(पैसा) को अस्थित्व कायम रहन्छ तबसम्म हामीले निर्माण गर्न चाहेको व्यवस्था निर्माण पनि सम्भव हुन्न । अर्थात मुद्रा लोप भएको दिन समाजवादको आउँछ । पुँजी भनेको विगत श्रम हो । श्रमजिवी वर्गले पहिले गरेको श्रमबाट पुँजीपति वर्गले जोहो गरेर तिनै श्रमजीवी वर्गमाथी शासन गर्छ । त्यसकारण पनि समाजवादमा वर्तमान श्रमले शासन गर्छ भने पुँजीवादमा विगत श्रमले वर्तमान श्रम माथी शासन गर्छ । राज्यसत्ताको निर्माण वर्ग संघर्षको अन्त्यहिन उत्कर्षको परिणाम स्वरुप भएको हो । वर्ग संघर्षको मध्यस्थकर्ताका रुपमा तेश्रो पक्षको भूमिकामा राज्यले अस्थित्व ग्रहण गरेको हो । कार्ल माक्र्सले भनेका थिए–आदिम साम्यवाद बाहेक अहिलेसम्मको समाज भनेको वर्ग संघर्षको उपज हो । अर्थात समाजमा रहेका हुने खाने र हुँदा खानेबिचको संघर्षको परिणाम स्वरुप नयाँ समाज व्यवस्थाको निर्माण हुन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको कुनै पनि समाज व्यवस्थाको ध्वंस हुँदैन, त्यो केबल रुपान्तरण हुन्छ । जस्तो की आदिम साम्यवादको ठाउँमा नयाँ संक्रमणकालीन व्यवस्थाका रुपमा दास युग आयो, त्यसलाई विस्थापित गर्दै सामन्ती युग आयो । सामन्तवादको युगमा हुने संघर्षहरुले पुँजीवादको विकास गरायो र पुँजीवादका अन्तरविरोधहरु ले समाजवादको जन्म गराउँछ । र समाजवादी व्यवस्थामा हुने अन्तरबिरोधहरुले साम्यवादको स्थापना गराउन मदत गर्छ । बिरोधीहरुले कम्युनिष्टहरु निरंकुश हुन्छन भन्ने अफवाह फैलाउने गरेका छन् । तर सारमा कम्युनिष्टहरु स्वतन्त्र व्यवस्थाका पक्षपाती हुन्छन् । जसरी आदिम साम्यवादमा मानव जाति स्वनियन्त्रित र स्वतन्त्र थियो त्यसरी नै वैज्ञानिक साम्यवादमा पनि मानव जाति स्वनियन्त्रित र स्वतन्त्र हुनेछ । फरक यत्ति हो की वैज्ञानिक साम्यवादमा मानव जाति आफ्नो विवेकद्धारा सञ्चालित हुनेछ र एक अर्काको सम्मान पनि गर्दछ । मानिसले आफ्नो युगको भौतिक परिस्थिती र आफ्नो चेतनाका आधारमा योजनाहरुको निर्माण गर्छ । हामी पुँजी समाजिक परिवेशमा हुर्कदै छौं । हामीले पुग्ने अन्तिम गन्तव्य भनेको फेरी पनि समाजवाद हुँदै साम्यवाद नै हो । गन्तव्यमा पुग्नका लागि त्यसका आधारहरु तयार गरिनुपर्छ । क्रान्तिको रोडम्याप बनाउनुपर्नेछ ।
जनतालाई आफ्नो विचार र कार्ययोजनाले दिक्षित गराउनु पर्नेछ । सरकारी मोर्चा, संसदको मोर्चा र सडकको मोर्चालाई तदनुरुपले प्रशिक्षित गर्नुपर्छ । क्रान्ति भनेको कुनै एक मोर्चाका आधारमा सम्पन्न हुने कुरा होइन । अनि बन्दूक बोकेरमात्र क्रान्ति हुदैन । बन्दूक आतंकको पर्याय बनिसकेको सन्दर्भमा शान्तिपूर्ण क्रान्तिनै आवश्यक छ । हामीले अवलम्बन गरेको माक्र्सवादी, लेलिनवादी सिद्धान्त तथा जनताको बहुदलिय जनवादले प्रतिष्पर्धामा श्रेष्ठता मार्फत आफु अनुकुल समाजको नेतृत्व गर्नुपर्नेमा जोड दिएको छ । माक्र्सवादले नै ऐतिहासिक आवश्यकताले जन्माएका बस्तुहरुको रक्षा गर्दै अन्यलाई परिवर्तन गर्नुपर्ने मान्यतामा जोड दिएको छ । द्वन्द्वात्मक भौतिकवादले पनि सोही कुरालाई जोड दिँदै आएको छ । यहाँ सबै भन्दा महत्वपूर्ण बिरोधाभाष भनेको माक्र्सवादका सबै कुराको हुबहु कार्यान्वयन गर्नु खोज्नु हो । स्वयं माक्र्सले नै राजनीतिलाई गतिशितल विज्ञान भनेका छन भने माक्र्सवाद सधंै स्थिर कसरी रहन सक्छ ? तीब्र गतिको आर्र्िथ विकास र प्रतिफलको न्यायोचित वितरणले नै समाजवादको जग बसाउँछ र त्यसैमा टेकेर साम्यवादी बाटोमा अघि बढ्न सकिन्छ । त्यसका लागि नेकपा (एमाले) र त्यसका सबै भातृ संगठनहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गराउने, उत्पादनसँग जोड्ने अभियान सञ्चालन गर्नुपर्छ । समाजका हरेक तह र तप्कामा हस्तक्षेप बढाउनु पर्छ अनि मात्रै सम्भव छ हामीले भन्दै आएको राज्य व्यवस्था ।
सिद्धान्तको जामा पहिरिएर आदर्शवादको परिकल्पना बाहेक केही पनि सम्भव छैन । एमालेले अब प्रतिपक्षमा बसेको बेलामा अधिकतम रुपमा जनताका एजेण्डामा आफूलाई समाहित गर्दै आउदो चुनावको तयारी गर्नेछ । पार्टीमा एकताका सन्देश प्रवाह भएपछि त्यसको सन्देश तलसम्म गएको छ । माथि नेतृत्वमा देखिएको एकताको बिम्ब अब जनवर्गीय संगठन र तल्ला कमिटीहरुमा देखिनुपर्छ । हामी एक भयौं भने हाम्रो बिजय कसैले रोक्न सक्ने छैन ।
(पराजुली एमाले सम्बद्ध अनेरास्ववियुका केन्द्रीय सचिव हुन् ।)




Post a Comment

 
Top