0
पद्यमश्री बचत तथा ऋण सहकारी संस्था पोखराको वार्षिक साधारणसभा तथा तीज पर्वको शुभकामना र दरखाने कार्यक्रम हालै सम्पन्न भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष सावित्री शर्मा, सचिव इन्दिरा कोइराला र कोषाध्यक्ष उर्मिला बस्नेतले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए । यसैबीच महिला समाज सेवा समिति पोखरा–४ ले पनि आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गर्यो । प्रत्येक वर्ष संस्थाले तीजको अवसरमा शुभकामना आदान–प्रदान र दर खाने कार्यक्रम गर्दै आएको संस्थाकी अध्यक्ष शारदा पराजुलीले जानकारी दिइन । कार्यक्रमको शुभारम्भ संस्थाकी सचिव गायत्री पराजुलीले तीजगीत गएर गरेकी थिइन ।

Post a Comment

 
Top