0
गोल्डेन न्यूज संवाददाता
प्रत्येक नेपालीहरुको अन्तरआत्मामा राप्रपा नेपालको राष्ट्रिय अभियान कास्कीमा शुरु भएको छ । जनताका सुख दुःखलाई साथ लिएर हरेक गाउँ वडा क्षेत्रमा विकास निर्माणका कामलाई होस्टेमा हैंसे गर्ने कस्केली जनताको गाउँ गाउँमा पुग्ने लक्ष्यअनुरुप अभियान शुरु गरिएको हो । कार्यक्रम अन्तर्गत पोखरा–२४ कृष्तिको छोर्दीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्रपा नेपालका जिल्ला अध्यक्ष तथा पुन समाज नेपालका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख जयलाल पुनले ९४ प्रतिशत ॐकार परिवार भएको देशमा विदेशीहरुको डलरले धर्म परिवर्तन गर्न खोजिएकोमा आपत्ति जनाए । नेपाललाई कुनै पनि हालतमा सनानत हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताउँदै उनले हिन्दू धर्मको संरक्षण भए मात्रै अरु धर्महरुको रक्षा हुने बताए । देशको मातृभूमिलाई जोगाउने एक मात्र राष्ट्रवादी पार्टी राप्रपा नेपाल भएको भन्दै सम्पूर्ण राष्ट्रवादी साथीहरुलाई एक भएर नेपाली आमाको रक्षा गर्नलाई धर्म बचाउन आग्रह गरे । कार्यक्रममा पार्टी नेता नेत्र बहादुर बस्नेत, जिल्ला उपाध्यक्ष परमेश्वर बस्ताकोटी, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, कोषाध्यक्ष रन्जना सेन पौडेल, सह–कोषाध्यक्ष युद्धबहादुर कोइराला, महिला संगठन अध्यक्ष कृष्ण कुमारी सुवेदी, सचिव मिना कार्की, जिल्ला सदस्य सरस्वती बस्ताकोटी, इकाई अध्यक्ष धनबहादुर कार्की, जिल्ला सदस्य उदय बहादुर कार्की लगायतले हिन्दूराष्ट्र कायम नभएसम्म विश्राम नलिने बताएका थिए । समाजसेवी विद्यालक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण बहादुर थापाले गरेका थिए । उक्त अवसरमा राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कृस्ति छोर्दी वडा नं. २४ गठन भएको छ । सरस्वती खत्रीको अध्यक्षतामा १७ सदस्यीय महिला संगठन गठन भएको हो।






Post a Comment

 
Top