0
गोल्डेन न्यूज संवाददाता
पोखराको बिरौटामा रहेको अग्रसर बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका सहकारी अधिकृत बालकृष्ण सुबेदीले सहकारीका इमानदार शेयर सदस्यले आफ्नै सहकारीबाटमात्रै रकम जम्मा गर्ने र आवश्यक परेको बेलामा त्यहीबाट निकालेर कारोबार गर्नु योग्य सदस्यको पहिचान भएको बताए । उनले शेयरसँगै निक्षेप रकमलाई पनि वृद्धि गर्दै अगाडि बढ्न आग्रह गरे । जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष हरिभक्त सुबेदीले सहकारीको मूल्य र मान्यतामा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य शुष्मा पौडेल, बिरुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज बराल लगायतले हरेक क्षेत्रमा आर्थिक अनुशासनको महत्व रहेको भन्दै त्यसलाई ख्याल गरेर अगाडि बढ्दा सफल भईने उल्लेख गरेका थिए ।  कार्यक्रममा शेयर सदस्य प्रतिभा भण्डारी,  सम्मानित छात्रा अञ्जली पौडेलले संस्थाको बारेमा बोलेका थिए । साधारणसभाले अध्यक्ष दुर्गा कुमारी आर्चाय, सचिव रजनी कोइराला, कोषाध्यक्ष लक्ष्मी बराल पौडेल, लेखा समिति संयोजक रेखादेवी पोख्रेलको बार्षिक प्रतिवेदन सर्बसम्मतिले पारित गरेको छ । महिलाहरुबाट संचालित सहकारीले यस आर्थिक बर्षमा शेयर सदस्यता बढाउँदै कर्जा, निक्षेपतर्फ ३ करोड बढी पु¥याउने, शेयर पुँजीमा बृद्धि गर्दै ३ करोड पु¥याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष दुर्गादेबी आर्चायले बताइन । उनले देश आर्थिक विकासको मेरुदण्डको रुपमा सहकारी स्थापित भएकाले सामाजिक आर्थिक तथा शैक्षिक विकास, रोजगारी सिर्जना गर्दै  अगाडि बढ्ने संस्थाले लक्ष्य राखेको प्रतिबेदन मार्फत सार्वजनिक गरिन । संस्थाले यसबर्ष विभिन्न तहमा नतिजा उत्कृष्ट ल्याएका शेयर सदस्यका छोराछोरी ५ जनालाई सम्मान गरेको छ । यस्तै संस्थाले उत्कृष्ट बचतकर्ता देबी थापा, उत्कृष्ट ऋणि विष्णु आचार्य, जेष्ठ नागरिक शुभद्रा पौडेललाई सम्मान र संस्थामा नवप्रवेशी शेयर सदस्यलाई स्वागत गरेको छ । संस्थाका अध्यक्ष दुर्गादेबी आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता सुबेदी र संचालन संस्थाकी सचिब रजनी कोईरालाले गरेकी थिईन ।








Post a Comment

 
Top