0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. ४ माझकोमूलस्थित पिकनिक स्र्पोटमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १  अन्तर्गतका ५ वटा क्लबहरुको संयुक्त पहलमा उक्त वृक्षरोपण सम्पन्न भएको हो । लायन्स पार्कको निर्माण गर्ने दिर्घकालिन योजना अनुरुप लायन्स क्लब अफ पोखरा पिस सिटी, लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटी, लेखनाथ बाटीका, पोखरा टम्पल सिटी र लियो क्लब अफ पोखरा पिस सिटीको संयुक्त आयोजनामा शनिवार बृक्षारोपण गरिएको हो । बिभिन्न समाजिक कार्यहरु गर्दै आईरहेका क्लबहरुले यस बर्ष लायन्स पार्कको रुपमा बिकास गर्ने उद्देश्य अनुरुप माझकोमुल पिकनिक स्र्पोट संचालक समितिको संरक्षणमा रहने गरि बिभिन्न क्लबहरुको सकृयतामा बृक्षारोपण गरिएको लायन्स क्लब अफ पोखरा पिस सिटीका निवर्तमान अध्यक्ष टंकराज अधिकारीले बताए। कार्यक्रममा बोल्दै जोन चेयरपर्सन प्रशान्तराज धमलाले रुख मानव जीवनका लागि अत्यन्तै महत्वपुर्ण चिज भएकोले रुखको महत्वका बारेमा सबैले बुझ्नु पर्ने बताए । त्यस्तै जोन ५४ का जोन चेयर पर्सन शैलेन्द्र मोहन भट्टराईले रुख र मानवको सम्बन्ध नङ र मासुको जस्तै हुने भएको हुँदा रुखलाई सबैले माया गर्नु पर्ने बताए । माझकोमुल पिकनिक स्र्पोट संचालक समितिका उपाध्यक्ष कृष्ण प्रसाद बरालले यस बृक्षारोपणले यहाँको बातावरणका साथै पिकनिक स्र्पोटको सौन्दर्य बढेको भन्दै समितिको तर्फबाट यस्को संरक्षरण गर्ने प्रतिबद्धता ब्यक्त गरे । लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष किशोरमोहन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका अध्यक्ष भरत कुमार अधिकारीले बृक्षारोपण गर्नु उद्देश्य र महत्वका बारेमा प्रकाश पारेका थिए । पोखरा र लेखनाथ स्थित बिभिन्न लायन्स क्लबहरुद्वारा गरिएको बृक्षारोपणमा पुत्रान्जी, गोलमोहर, रुद्राक्ष, एरिका, सम्मी, अशोका लगाएतका बिरुवाहरु रोपिएको लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका सचिव नवराज सापकोटाले बताए।


Post a Comment

 
Top