0
गोल्डेन न्यूज संवाददाता
स्वतन्त्र पत्रकार संघ जिल्ला कार्यसमिति कास्कीको आयोजना एवम् रोधी क्लव घान्द्रुकको समन्वयमा कास्कीको घान्द्रुकमा सञ्चालित दुई दिवसीय उद्घोषण तथा क्षमता अभिवृद्घि तालिम शनिबार सम्पन्न भएको छ। समापन समारोहका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्रजातान्त्रिक परिपाटी सञ्चालन भएको अवस्थामा राजनीतिक मताधिकार जुनसुकै नागरिकलाई भएतापनि  पत्रकारहरुले दलीय आवरणमा गरेको विभेदपूर्ण पत्रकारिता स्वतन्त्र पत्रकारिता नहुने बताए। प्रमुख प्रशिक्षक असफल गौतमले संसार प्रस्तुतिमा अडिएको टिप्पणी गर्दै उद्घोषणका विभिन्न पक्ष र क्षमता अभिवृद्घिका आधारभुत तत्वका बारेका मिहिन तरिकाले चर्चा गरेका थिए। घान्द्रुक गाविसका सचिव अर्जुनप्रसाद भण्डारीले घान्द्रुक गाविसवासीका लागि तालिम अत्यन्तै प्रभावकारी बनेको र आगामी दिनमा गाविससँग सहकार्य गर्न आग्रह गरे। मेश्रम बराह माविका प्रधानाध्यापक रामेश्वर सुवेदीले घान्द्रु्रक जस्तो क्षेत्रमा तालिमका लागि आवश्यक सम्पूर्ण प्रबन्ध मिलाएर सञ्चालन गरिएको तालिम निकै फलदायी रहेको बताए। नेपाली कांग्रेस घान्दु्रकका उपसभापति जगनबहादुर गुरुङले तालिमको समयावधि निकै कम भएकाले आगामी दिनमा समयावधि बढाएर पुनः आउनका लागि आग्रह गरे। माओवादी केन्द्रका गाउँ अध्यक्ष चकबहादुर गुरुङले घान्द्रुकका गतिविधि देश विदेशसम्म पु¥याउन स्वतन्त्र पत्रकार संघ कास्की शाखाले महत्वपूर्ण भूमिका खेलिदिनुपर्नेमा जोड दिए। रोधी क्लवका अध्यक्ष पूर्णप्रसाद गुरुङले घान्द्रुकलाई लक्षित गरी यस किसिमको तालिम आयोजना हुनु समग्र गाविसकै लागि खुसीको कुरा रहेको बताए। अध्यक्ष गुरुङले आगामी दिनमा योग्यताको कदर गर्दै तालिम सञ्चालन गर्ने र संघलाई यस्तै सहयोग गर्न आग्रह गरे। सहभागीको तर्फबाट राजबहादुर गुरुङ र मूल आमा समूहकी सचिव कमला गुरुङले घान्द्रुकमा आजसम्म यस्तो प्रकृतिको तालिम सञ्चालन नभएकाले निकै फलदायी भएको बताए। यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय घान्द्रुकका कार्यालय प्रमुख आनन्द सुवेदी, दलित समन्वय समितिका सचिव राजेन्द्र विक, समाजसेवी रत्ना गुरुङलगायतले तालिमको महत्वका बारेमा प्रकाश पारेका थिए। कार्यक्रम संयोजक श्रीभद्र पौडेलको अध्यक्षतामा सम्पन्न तालिममा गाविसका विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिसहित ६५ जनाको सहभागिता रहेको थियो। त्यस अवसरमा सहभागीलाई प्रमाणपत्र एवम् रोधी क्लवलाई कदर पत्र प्रदान गरिएको थियोे। समापन समारोहमा आयोजकलाई भाङग्रा पहिराएर सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन स्वतन्त्र पत्रकार संघ कास्कीका सचिव कृष्ण रानाभाटले गरेका थिए।






Post a Comment

 
Top