0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियानको १३औं श्रृंखला सम्पन्न भएको छ । जिरो किलोमिटरस्थित फिर्केखोलाको ३ सय मिटर दुरीसम्मको करिब १६ टन फोहोरमैला संकलन गरिएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । कार्यक्रममा उपस्थित अभियन्ता र स्वयंसेवकहरुलाई व्यवस्थापिका संसद विकास समिति सभापति रवीन्द्र अधिकारीले सपथ ग्रहण गराएका थिए ।  अभियान यस क्षेत्रका लागि मात्र नभएर राष्ट्रकै लागि उदाहरणीय भएको भन्दै सफाइ अभियानमा सरिक हुने अवसर प्राप्त भएकोमा अभियन्ताहरुलाई धन्यवाद दिए । अभियानमा ऐक्यवद्धता प्रकट गर्दै पोखरा इञ्जिनियरिङ कलेज फिर्केले १० वटा डोको र ३० जोर सेफ्टी ग्लोब, लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले १० जोर गमबुट एवं २ हजार थान डिस्पोजल ग्लोब र मास्क, नमूना आदर्श आमा समूह पोखरा ५ ले १० वटा डोको, ५ सय थान मास्क र १ सय थान डिस्पोटल ग्लोब, पृथ्वीराजमार्ग बस संचालक समितिले एक सय थान डिस्पोजल ग्लोब र मास्क, क्षत्री समाज पोखराले ५ वटा डोको र ५ कार्टुन पिउनेपानी सहयोग गरेका थिए । मुक्तिनाथ विकास बैंकले एक हजार ५सय थान डिस्पोजल ग्लोब र मास्क साथै हातधुने साबुनपानी व्यवस्था गर्दैआएको छ । राधाकृष्ण आमा समूह पोखरा ८ ले पिउनेपानी व्यवस्था गरेका थिए । अभियानमा सृजना उच्च मावि र स्टेप बाइ स्टेप उच्च माविका छात्रछात्रालाई मानवीय हेलचक्राईका कारण फिर्के खोलामा बिसर्जन गरिएका फोहोरमैलाबाट ड्यामसाइडस्थित फेवातालको १० रोपनी भूभाग टापुमा परिणत भएको जानकारी गराइएको थियो ।
सरसफाइ कार्यक्रममा तीनवटै सुरक्षा निकाय, विभिन्न आमा समूह, टोल विकास संस्था, अभियान युवा क्लब, मुक्तिनाथ विकास बैकका कर्मचारीलगायत स्थानीय टोलबासीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय प्रमुख डिल्लीराम शर्माले शुभारम्भ मन्तव्य र पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।





Post a Comment

 
Top